load shedding nepal२० वैशाख,काठमाडौ। नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्ती कटौती (लोडसेडिङ) कटौती गरेको छ । भारतवाट १७ मेगावाट विद्युत थप भएको, दिन लम्बीएर विद्युत माग थोरै भएपछि घटेको तथा हिउ पग्लेर नदीमा जलस्तर बढेपछि लोडसेडिङको समय कटौती गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवन कार्कीले आगामी आइतवार देखी लागु हुनेगरी लोडसेडिङ घटाउन लागिएको जानकारी दिए । यद्यपी प्राधिकरणले केही दिनयता अनौपचारिक रुपमा लोडसेडिङ घटाएको छ । स्रोतका अनुसार अहिले दैनिक १२ घण्टा भएको लोडसेडिङ अब नौ घण्टामा झारिने छ ।

आगामी सातासम्म आगलागीवाट क्षती भएको ३२ मेगावाटको कुलेखानी दोस्रोको ममर्त पनि सकिने भएकोले लोडसेडिङ झन घटने छ । प्राधिकरणका अनुसार साझाको समयमा विद्युत माग ९ सय मेगावाट छ । २०७२ को अन्तिम सम्ममा ४५६ मेगावाटको माथिल्लो तामाकोशी बनेपछि मात्र नेपालवाट लोडसेडिङ उल्लेख्य घटने छ ।