Advertisements

Category: स्थानीय तह निर्वाचन

शताब्दी पुरुषसहित ५१ जना असी नाघेकाको उम्मेदवारी

१० असार, काठमाडौं । दोस्रो चरणको यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा ८० वर्ष उमेर नाघेका ५१ जना ज्येष्ठ नागरिकले उम्मेदवारी दिएका छन । उनीहरुमध्ये तीनजनाले नगरपालिकाको प्रमुखमा, दुईजनाले गाउँपालिका अध्यक्षमा, १६ जनाले वडाध्यक्षमा र बाँकी २९ जनाले वडा सदस्य, महिला वडा सदस्य र दलित वडा सदस्य पदमा उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवार बनेका ज्येष्ठ नागरिकमध्ये तीनजना ९० वर्ष उमेर काटिसकेका व्यक्ति हुन । शताब्दी पुरुषबाट वडाध्यक्षमा उम्मेदवारी प्रदेश नं ७ को बझाङ जिल्लामा शताब्दी पुरुषका रुपमा परिचित विष्णुबहादुर रावतले वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन । विसं १९७६ जेठ १७ गते जन्मिएका ९८...

Read More

पार्टीको शाख जोगाउन नेताहरु पूर्व केन्द्रीत हुँदै

१० असार, सुनसरी । स्थानीय तहको निर्वाचनको मिति नजिकीएसँगै चुनावीसभालाई सम्वोधन गर्न राजनैतिक दलका शिर्ष नेताहरु पुर्व केन्द्रीत बन्न थालेका छन । राजनैतिक दलहरुले आयोजना गर्ने चुनावीसभालाई सम्वोधन गर्न सुनसरी र मोरङमा दलका शिर्ष नेताहरुको होडनै चलेको छ । आज एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनसरी र मोरङका चुनावीसभालाई सम्वोधन गरेका छन । त्यसैगरी माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले सुनसरीको धरानमा माओवादी केन्द्र सहितको आठ दलीय गठबन्धनको सभालाई सम्वोधन गरे । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले विराटनगरमा माओवादी केन्द्र र संघीय समाजवादी फोरमद्धारा आयोजित संयुक्त सभालाई सम्वोधन गरे । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारले विराटनगरमा एमाले...

Read More

लमही नगरपालिकामा तीन पार्टीको चुनावी गठबन्धन

१० असार, दाङ । घाराही – दाङको लमही नगरपालिकामा नयाँ शक्ति पार्टी, संघीय समाजवादी फोरम र मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक)सहितका तीन दल संयुक्त गठबन्धन निर्माण गरी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । संयुक्त गठबन्धनको तर्फबाट नगरप्रमुख पदमा प्रकाश कुमार चौधरी एवं उपप्रमुख पदमा खेमलाल चौधरीले उम्मेदवारी मनोनयन दर्ता गरेका छन । उम्मेदवार दर्ताभएसँगै नगरक्षेत्रमा तीन दलको संयुक्त चुनाव प्रचार समितिले चुनावी प्रचारलाई तीव्रता दिएको छ । नगर प्रमुखका उम्मेदवार प्रकाश चौधरीले लमहीलाई समृद्ध बनाउने र जनताका आवश्यकता पूरा गर्नमै आफू केन्द्रित हुने बताए । उनले भौगोलिक हिसाबले पनि समस्यायुक्त रहेको लमही नगरपालिकाको सतबरिया क्षेत्रमा सिंचाईको अभावले पर्याप्त कृषि उत्पादन हुन...

Read More

निर्वाचनमा हेलिकप्टरबाट सुरक्षा गस्ती

१० असार, तुलसीपुर (दाङ) । यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा प्रदेश नं ५ अन्तर्गतका छ जिल्लामा हेलिकप्टरबाट पनि सुरक्षा गस्ती गरिने भएको छ । मध्यपश्चिम क्षेत्रीय प्रशासक महेन्द्र गुरागार्इँले भौगोलिक विकटता र सुरक्षाका हिसाबले संवेदनशील क्षेत्रमा हेलिकप्टर गस्ती गरिने बताउँदै त्यसका लागि दाङको भालुवाङ र बाँकेको नेपालगन्जमा हेलिकप्टर तयारी अवस्थामा राखिने जानकारी दिए...

Read More

माओवादी केन्द्रका उम्मेदवारको अवस्था अझै अज्ञात

९ असार, इलाम । इलाम नगरपालिका–१२ का वडाध्यक्ष पदका उम्मेदवार नारायण राई बेपत्ता भएको एकसाता बिते पनि उनको अवस्था अझै अज्ञात छ । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बन्नुभएका राई आमसभा तयारीका सिलसिलामा गत शुक्रबार घरबाट निस्किएका थिए । त्यसपछि उनी अहिलेसम्म सम्पर्कविहीन छन, माओवादी केन्द्र इलामका सचिवालय सदस्य जीवन शर्माले बताए । बेपत्ता राईको खोजी कार्यका लागि नेपाल प्रहरीलाई परिचालन गरिएको छ भने पार्टीले पनि वाइसिएललाई परिचालन गरिएको जनाएको छ । बेपत्ता भएपछि केन्द्रले उनको ठाउँमा सोममाया राईलाई उम्मेदवार बनाएको छ ।...

Read More

भरतपुरको पाठ: दलका प्रतिनिधिलाई मतपत्रभन्दा टाढा राख्ने निर्वाचन आयोगको निर्णय

९ असार, रुकुम : निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढङ्गले सम्पन्न गर्नका लागि पहिलो चरणको निर्वाचनबाट केही थप पाठ सिकेकाले अब दलका प्रतिनिधिलाई मतगणनास्थलमा मतपत्रभन्दा टाढा राखिने जानकारी दिएका छन्। निर्वाचन तयारीका बारेमा अनुगमन गर्न आज रुकुम पुगेका उनले निर्वाचनसम्बन्धी सरोकार भएकाहरुसँगको छलफलमा मतगणना हुने ठाउँमा मतपत्र राख्ने ठाउँलाई डोरी, बाँस वा अन्य कुनै काठले बाँधेर दलका प्रतिनिधिलाई टाढा राख्ने व्यवस्था दोस्रो चरणको निर्वाचनमा गरिने बताए। यसका लागि सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका साथै सुरक्षा निकायलाई निर्देशन दिइसकिएको उनले बताए। राजनीतिक दलका प्रतिनिधिको सहभागितामा निर्वाचन आचारसंहिता बनाइएको भन्दै आयुक्त पौडेलले आचारसंहिता कार्यान्वयनका लागि...

Read More

काँग्रेसकी विक निर्विरोध निर्वाचित

८ असार, सोलुखुम्बु । सगरमाथाको फेदी भनेर चिनिने सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ की दलित महिला सदस्यमा नेपाली काँग्रेसकी किरिमाया विक निर्विरोध निर्वाचित भएकी छन । सो पदमा उनको मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको गाउँपालिका निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिए...

Read More

सुरक्षा अधिकारीले उल्टै उम्मेदवारलाई धम्की दिएपछि …

८ असार, डोटी । स्थानीय तहको निर्वाचनमा आकांक्षी उम्मेदवारलाई धम्काउने सुरक्षाकर्मीका कमाण्डरहरु फिर्ता भएका छन् । डोटीको बड्डीकेदार गाउँपालिकामा स्थानीय निर्वाचनको लागि सुरक्षार्थ खटिएका नेपाली सेनाका क्याप्टेन ध्रुबबहादुर राणा र शसस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरिक्षक धनसिंह महरा फिर्ता भएका हुन् । उनीहरुले माओवादी केन्द्रबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवार जंग बिक ‘शैलेन्द्र’ लाई धम्काएका थिए । मंगरबार साँझ नेपाली सेनाका क्याप्टेन राणा र शसस्त्र प्रहरी बलका प्रहरी निरिक्षक महराले उम्मेदवार जंग बिकलाई धम्की दिएका थिए । मंगलबार राति साबिकको बर्छैन गाविसमा रहेको एउटा गेष्ट हाउसमा बसिरहेका उम्मेदवारलाई सोही होटलमा धम्काएका थिए । ‘म गेष्ट हाउसमा बसिरहेको थिए सेना र सशस्त्र...

Read More

धरानमा माओवादीकाे ८ वटा पार्टीसँग तालमेल

८ असार, धरान । आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा माओवादीले धरान उपमहानगरपालिकामा अन्य साना दलहरुसँग तालमेल गर्ने बताएको छ । धरानमा आज पत्रकार सम्मेलन गरी माओवादी केन्द्रले, संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमुक्ति पाटी, सघीय लिम्बुवान मञ्च, सघिय खम्बुवान, लोकतान्त्रिक पार्टी, नेकपा माले, नेकपा सयुक्तबीच तालमेल गर्ने गरी तीनवटा वु“दामा हस्ताक्षर गरेका छन् । अव धरान उपमहानगरपालिकाको प्रमुखमा अरु सबै पार्टीले माओवादी केन्द्रका आइन्द विक्रम वेघालाई र उपप्रमुखमा संघीय समाजवादी फोरमका पारस काङमाङ राईलाई मतदान गर्ने सहमति भएको छ । त्यस्तै नगरकार्यपालिकाको निर्वाचनमा नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमुक्ति पाटी, सघीय लिम्बुवान मञ्च,...

Read More

एकै पदमा बुबाछोरा र दाजुभाई भिड्दै

८ असार, बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका र पुरचौडी नगरपालिकामा एकै पदका लागि बुबाछोरा र सहोदर दाजुभाइ भिड्दै छन् । डिलाशैनी गाउँपालिकामा कर्णबहादुर रानाले नेपाली काँग्रेसबाट र लोकेन्द्रबहादुर राना शीतलले नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । नाताले कर्ण दाजु र लोकेन्द्र भाइ पर्छन् । नाताले दाजुभाइ परे पनि राजनीतिक विचार फरक भएकाले आफूले उम्मेदवारी दर्ता गराएको कर्णबहादुर रानाले बताए । दुवै भाइले एकैपदका लागि उम्मेदवारी दर्ता गराएपछि परिवारका सदस्यलाई भने भोट हाल्न समस्या भएको छ । यस्तै पुरचौडी नगरपालिका–७ मा वडाध्यक्ष पदका लागि बुबाछोराले अलगअलग पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् । नागी साउँद (बुबा)...

Read More