Advertisements

Category: स्थानीय तह निर्वाचन

मतदाता आर्कषित गर्न दलका शिर्ष नेताको दौडधुप

८ असार, काठमाडौं । दोस्रो चरणको स्थानीय तहको चुनाव आउन ६ दिन मात्रै बाँकी छँदा दलहरुले प्रचार प्रसार तिब्र पारेका छन् । पार्टीका शीर्ष नेताहरु समेत जिल्लामा गएर चुनावी अभियानमा जुटेका छन् । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भोली धनगढी जाँदै छन् । त्यहाँ हुने चुनावी सभालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनाव प्रचारकै क्रममा चार दिनदेखि गृह जिल्ला झापामा छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आज गौरादह, भद्रपुर नगरपालिका र कमल गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी...

Read More

एउटै चुनाव चिह्नमा चार पार्टी, चार पार्टीका विरुद्व एक्लै

८ असार, खोटाङ । स्थानीय तहको निर्वाचनका लागि खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडामा सङ्घीय समाजवादी फोरम र नयाँ शक्तिको संयुक्त मोर्चाबाट गजेन्द्र राई वडा सदस्यमा लड्दैछन् । यही असार १४ गतेको निर्वाचनमा गजेन्द्रले आफ्नो पार्टीको चिन्ह हातले समाएको मसालबाट लड्नुपर्ने हो तर उनी नेपाली काँग्रेसको चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएका छन् । अहिले चुनावी घरदैलोमा व्यस्त गजेन्द्रले हातले समातेको मसालमा भोट मागिरहेका छैनन्, काँग्रेसको चुनाव चिह्न रूख देखाएर आफ्ना लागि भोट मागिरहेका छन् । नेकपा (माओवादी केन्द्र)का तर्फबाट सोही वडाको सदस्यमा उठेकी क्रान्ति श्रेष्ठ र जयन्ती दर्जी पनि काँग्रेसकै चुनाव चिह्न देखाएर आफ्नो लागि भोट मागिरहेका छन् ।...

Read More

प्रमुख पदमा महिलाको उम्मेदवारी किन परेन ?

८ असार, बैतडी । बैतडीमा प्रमुख पदमा कुनै पनि महिलाको उम्मेदवारी परेको छैन । बैतडीका १० वटा स्थानीय तहमा प्रमुख पदका लागि महिलाको उम्मेदवारी शून्य रहेको हो । स्थानीय तहको निर्वाचनको चर्चा सुरु भएसँगै राजनीतिक दल भित्रका केही महिला नेत्रीले प्रमुख पदमा दाबी गरे पनि कुनै पार्टीले पनि महिलालाई प्रमुख पद दिन आँट गरेनन् । जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार चारवटा नगरपालिका र ६ गाउँपालिकामा प्रमुख पदमा महिलाको उम्मेदवारी परेको छैन । पितृसत्तात्मक समाजका कारण महिलालाई प्रमुख पद दिनमा राजनीतिक दलले आनाकानी गरेको अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष पार्वती भट्टले बताए । महिलासँग क्षमता नै छैन भन्ने गलत हल्ला फैलाएर...

Read More

दलित महिला सदस्यमा एमालेकी परियार निर्विरोध

७ असार, खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका–५ चिप्रिङको दलित महिला सदस्यमा बच्चीमायाँ परियार निर्विरोध चयन भएकी छन । नेकपा (एमाले)बाट प्रतिस्पर्धामा उत्रिएकी ६० वर्षीया बच्चीमायाँको विपक्षमा अन्य पार्टीले उम्मेदवारी दिन नसकेपछि उनी निर्विरोध चयन भएकी हुन । दलित महिला सदस्यमा एक मात्र बच्चीमायाँको उम्मेदवारी परेकाले उनी निर्विरोध भएको निर्वाचन अधिकृत सीताराम सिग्देलले बताए...

Read More

बुटवलमा स्वतन्त्र उम्मेदवारलाई ७ दलको समर्थन

७ असार, रुपन्देही । नयाँ शक्ति पार्टीको नेतृत्वमा संघीय समाजवादी फोरम, नेकपा माले, नेकपा माक्र्सवादी संयुक्त, अखण्ड पार्टी, जनमोर्चा नेपाल, नागरिक परिचालन अभियानसहित ७ दलको संयुक्त लोकतान्त्रिक मोर्चाले बुटवल उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको छ । मोर्चाले आज बुटवलमा पत्रकार सम्मेलन गरी वैकल्पिक राजनीतिक धारको रुपमा स्वतन्त्र ढंगले चुनावी प्रतिस्पर्धामा उत्रने उम्मेदवारलाई समर्थन गर्ने बताएको हो । मोर्चाका संयोजक तथा नयाँ शक्ति पार्टीका केन्द्रीय कार्याकारी सदस्य बामदेव क्षेत्रीले ठूला भनिने राजनीतिक दलहरुको राजनीतिक खिचातानी, संस्थागत भ्रष्टाचार, राजनीतिक दम्भ र अहंकारबाट आजित भएका जनताले विकल्प खोजिरहेको बेला मोर्चाले दलीय विचार र आस्थाबाट माथि उठेर वैकल्पिक राजनीतिक...

Read More

एमाले र माओवादीका तीन दलित महिला निर्विरोध निर्वाचित

७ असार, बाजुरा । दोस्रो चरणको स्थानीय निर्वाचनअन्तर्गत एक नगरपालिका र दुई गाउँपालिकामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार निर्विरोध निर्वाचित भएका छन । बडिमालिका नगरपालिका र स्वामीकार्तिक गाउँपालिकामा एमालेले वडा दलित महिला सदस्यमा र हिमाली गाउँपालिकामा नेकपा(माओवादी केन्द्र)ले विजयी सुरुआत गरेका हुन् । बडिमालिका नगरपालिका–८ र स्वामीकात्र्तिक गाउँपालिका–३ मा क्रमशः लुती नेपाली र नानी ल्वार निर्विरोध निर्वाचित भएका छन । माओवादी केन्द्रका तर्फबाट हिमाली गाउँपालिका–२ मा रुपसरी सार्की निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाका ४७ पदका लागि १३५ जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले जानकारी दिए ।...

Read More

चुनाव सरेपछि महोत्तरीका मतदाता निराश

७ असार, गौशाला । सरकारले २ नं प्रदेशमा स्थानीय तहको निर्वाचनको मिति सारेपछि महोत्तरी जिल्लाका मतदाता निराश भएका छन् । २० वर्षपछि स्थानीय तहको निर्वाचनमा सहभागी हुने मौका आएको भन्दै उत्साहपूर्वक मतदान गर्नका लागि तयार भएका यहाँका लाखौँ मतदाता सरकारले तेस्रो पटकका लागि निर्वाचनको मिति सारेपछि निराश भएका छन् । तीन लाखभन्दा बढी मतदाता रहेको महोत्तरीका तीन नगरपालिका र १२ गाउँपालिकामा चुनावी माहौल बनिसकेको र मतदाता मतदान गर्न आतुर रहेको अवस्थामा सरकारले पुनः चुनावको मिति सारेपछि आफूहरुलाई जानीजानी मतदान गर्नबाट वञ्चित गर्न खोजेको आरोप लगाएका छन् । राजपा बाहेकका सबै दलले चुनावी अभियानलाई तीव्र बनाएको तथा अधिकांशले गोप्य रुपमै...

Read More

एक सय ३६ मतदानस्थल संवेदनशील

६ असार, दाङ । असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै दाङ प्रशासनले यहाँका चारवटा मतदान स्थललाई अतिसंवेदनशील, १३६ वटालाई संवेदनशील र ११ वटा मतदान स्थललाई सामान्यको सूचिमा राखेको छ । जिल्लामा निर्वाचनको समयमा सबैभन्दा बढी सुरक्षा चुनौतीको रुपमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिलाई लिइएको छ । त्यसैगरी अन्य चुनौतीका रुपमा नेपाल भारतको खुल्ला सिमाना, सडकको पहुँच नहुनु, निर्वाचन विथोल्न सक्ने शक्ति र विगतका अवस्थालाई मध्यनजर गर्दै प्रशासनले सुरक्षा सर्तकता अपनाएको प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले जानकारी दिए । दाङमा स्थानीय तह निर्वाचनका लागि १५१ वटा मतदान स्थल, ३५१ मतदान केन्द्र निर्धारण गरिएको...

Read More

कांग्रेसले खाता खोल्यो

६ असार, ताप्लेजुङ । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा ताप्लेजुङमा नेपाली काँग्रेसले विजयी सुरुवात गरेको छ । जिल्लाका तीनवटा वडाबाट तीनजना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएको नेपाली कांग्रेस ताप्लेजुङले जनाएको छ । निर्विरोध निर्वाचित हुनेमा फक्ताङ्लुङ गाउँपालिका–६ मा उमा लाम्गादे, मिक्वाखोला गाउँपालिका–३ मा लक्षीमाया विश्वकर्मा र सिरिजङ्घा गाउँपालिका–८ मा सीतादेवी पुर्कुटी रहेका छन् । तीनवटै वडामा दलित महिला सदस्यमा एकल उम्मेदवारी परेको थियो । विजयी सुरुवातसँगै ती वडामा काँग्रेसले विजयी उत्सव मनाउन थालेको छ । मिक्वाखोला–३ मा विजयी बनेकी लक्षीमाया विश्वकर्मालाई सोमबार बाजागाजासहितको ¥याली आयोजना गरी वडामा भित्र्याइएको थियो...

Read More

विराटनगरमा चार दलबीच रोचक प्रतिस्पर्धा

६ असार, मोरङ । राजनीतिक दलहरुबीच गठबन्धनका कारण विराटनगर महानगरपालिकाको निर्वाचनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा एमाले तथा लोकतान्त्रिक फोरम नेपालबीच र सङ्घीय समाजवादी फोरम नेपाल तथा नेकपा माओवादी केन्द्रबीच प्रमुख र उपप्रमुख पदका लागि गठबन्धन भएका कारण निर्वाचनमा कडा प्रतिस्पर्धा हुने सम्भावना देखिएको हो । गठबन्धनका कारण महानगरपालिकामा प्रमुखमा चारवटा दलबीच कडा प्रतिस्पर्धा हुने सम्भावना देखिएको हो । विराटनगर महानगरपालिकामा प्रमुखको पदमा नेपाली काँग्रेसका भीम पराजुली, एमालेका विनोद ढकाल, उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरमका उमेश यादव र राप्रपाका प्रह्लाद साहबीच कडा प्रतिस्पर्धा हुने सम्भावना रहेको मतदाताको अड्कल गरेका छ । अन्य राजनीतिक दलका साथै स्वतन्त्र...

Read More