Category: स्थानीय तह निर्वाचन

पोखरा महानगरमा एमालेका जिसी विजयी

१२ जेठ, पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका मानबहादुर जिसी विजयी भएका छन् । यसैगरी उपप्रमुखमा एमालेकै मन्जु गुरुङ बिजयी भएकी छन ।...

Read More

भरतपुरमा रेणु दाहालको मत अन्तर घट्दै, देवीसँग कडा टक्कर

१२ जेठ, भरतपुर । भरतपुर महानगरपालिकाको मेयरमा एमालेले अग्रता कायमै राखेको छ । एमालेका देवी ज्ञवालीले ३३ हजार १ सय ६४ मत प्राप्त गरेका छन् । कांग्रेस–माओवादी गठबन्धनकी रेणु दाहालले ३१ हजार ७ सय ६५ मत प्राप्त गरेकी छन् । केहीबेर अघि वडा नं २४ को मतगणना सकिएको छ । यहाँ एमालेका कान्छा मल्ल विजयी भएका छन् । मल्लले ६३२ मत पाए भने माओवादी केन्द्रले ५१९ र राप्रपाले ४४४ मत पाएका छ। अहिलेसम्म गठबन्धनकी रेणु दाहाल भन्दा एमालेका देवी ज्ञवाली १ हजार ३ सय ९९ मतले अघि छन् । रेणु दाहालको मत अन्तर क्रमश: घट्दै गएको छ। यहाँ कांग्रेस–माओवादी...

Read More

पोखरा महानगरको ३० र ३१ नं वडामा एमालेको प्यानल विजयी

१२ जेठ, पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको वडा नं ३० र ३१ मा नेकपा (एमाले)को प्यानलै विजयी भएका छन् । वडा नं ३० मा एमालेका तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार श्रीराम पोखरेलले दुई हजार २८ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका दुर्गाप्रसाद सुवेदीले एक हजार ९२५ मत प्राप्त गरे । वडाको महिला सदस्यमा शारदा बास्तोला, दलित महिला सदस्यमा रमा नेपाली, खुला सदस्यद्वय सोमलाल कँडेल र चोलाप्रसाद बराल विजयी बनेका छन । त्यस्तै, वडा नं ३१ को वडाध्यक्षमा एमालेका कमलबहादुर थापा क्षेत्री एक हजार ७६१ मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका शरदराज सुवेदीले एक हजार...

Read More

पोखरा महानगरको २८ वडा मा एमाले विजयी

१२ जेठ, पोखरा । पोखरा–लेखनाथ महानगरपालिका वडा नं २८ मा एमालेको प्यानलै विजयी भएको छ । वडा नं २८ को वडाध्यक्षमा नेकपा (एमाले)का निर्मल दियाली सुनारले एक हजार ५२५ मत ल्याई विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विकास लामा गुरुङले एक हजार ४४८ मत ल्याएका थिए । त्यस्तै, महिला सदस्यमा अम्बिका बुढाथोकी, दलित महिला सदस्यमा कल्पना परियार, खुला सदस्यहरुमा बैनबहादुर क्षेत्री र विष्णुप्रसाद तिवारी निर्वाचित भएका छन...

Read More

पोखरा महानगर २७ मा काँग्रेस प्यानल विजयी

१२ जेठ, पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं २७ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा नेपाली काँग्रेसका पूर्णकुमार गुरुङ एकहजार ६९० मतसहित विजयी बन्नुभयो भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कुमार गुरुङले एक हजार ३६७ मत प्राप्त गरे । वडाको खुला सदस्यद्वयमा प्रेमप्रसाद बराल र शेखरनाथ लामिछाने, महिला सदस्यमा बुद्धिमाया रिजाल र दलित महिला सदस्यमा सरस्वती सार्की विजयी भए...

Read More

भरतपुर महानगरको मतान्तर निरन्तर घट्दै

११ जेठ, चितवन । भरतपुर महानगरपालिकाको मतगणना थप रोचक हुँदै गएको छ । झण्डै ३८ सयले पछि परेको अवस्थामा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले मतान्तर घटाउँदै लैजान सफल भएपछि मतगणना थप रोचक हुँदै गएको हो । पछिल्लो परिणाम अनुसार दाहालले एमाले उम्मेद्वार देवी ज्ञवालीसँगको मतअन्तर १२३५ मा झारेकी छन् । भरतपुर महानगर वडा नम्बर १५ को मतगणना सकिदा ज्ञवालीले ३२५०२ मत प्राप्त गरेका छन् भने दाहालले ३१२६७ मत ल्याएकी छिन् । उक्त वडामा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । यस्तै उपप्रमुखमा कांग्रेसकी उम्मेदवार पार्वती शाहले ३४९२२ मत ल्याउँदा एमालेकी दिब्य शर्माले २९३०६ मत पाएकी छन्...

Read More

काठमाडौंमा विद्यासुन्दर र हरिप्रभाको जित, औपचारिक घोषणा बाँकी

११ जेठ, काठमााडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा काँग्रेस उमेद्बारको जित निश्चित भएको छ । गन्न बाँकी रहेको मत भन्दा निकटतम प्रतिष्पर्धि सँग उनीहरु मतान्तर बढी रहेकाले जित निश्चित भएको हो । १ लाख ७२ हजार मत खसेको काठमाडौंमा १ लाख ५९ हजार मत गणना गरिसकिएको छ । अब १३ हजारको हाराहारीमा मत गन्न बाँकी छ । तर प्रमुख पदका एमाले उमेद्बार विद्यासुन्दर शाक्य निकटतम प्रतिष्पर्धि काँग्रेसका राजुराज जोशीभन्दा १५ हजार भन्दा बढी मतले अगाडि छन् । पछिल्लो परिणाम अनुसार शाक्यले ५२ हजार ३ सय ९० र जोशीले ३६ हजार ९ सय ८१ मत ल्याएका छन्...

Read More

भरतपुरमा अझै १० वडा गन्न बाँकी, देबीको अग्रता १४ सयम झर्यो

११ जेठ, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । प्राप्त परिणाम अनुसार माओवादी केन्द्रकी प्रमुख पदकी उमेद्बार रेणु दाहालले निरन्तर मतान्तर घटाउँदै लगेकी छिन् । हिजो विहानसम्म एमाले उमेद्बार देबी ज्ञवाली भन्दा झण्डै चार हजारले पछाडी रहेकी रेणुले अहिलेसम्म आइपुग्दा मतान्तर १४ सयको हाराहारीमा झारेकी छिन् । प्राप्त पछिल्लो परिणाम अनुसार ज्ञवालीले ३१ हजार ८ सय ६६ मत ल्याएका छन् । उनलाई पछ्याइरहेकी दाहालको ३० हजार ४ सय १३ मत छ । चितवनमा १ लाख १२ हजार मत खसेको थियो । अझै १० वटा वडाको मतगणना बाँकी छ । मतगणना गर्न बाँकी वडा र मत: वडा...

Read More

थपिएका गाउँपालिकामा जेठ ३१ मा चुनाव असम्भव : निर्वाचन आयोग

११ जेठ, काठमाडौं । निर्वाचन आयोगले आगामी जेठ ३१ मा पुरानै संरचना अनुसारका ४६१ गाउँपालिकामा मात्र चुनाव गर्न सम्भव हुने बताएको छ । आयोगले आज विज्ञप्ती निकालेर थपिएका गाउँपालिकामा अवको २० दिनमा चुनाव गर्न सम्भव नरहेको बताएको हो । समयको चाप र प्राविधिक हिसावले थपिएका गाउँपालिकामा जेठ ३१ मा चुनाव गर्न नसकिने आयोगको भनाई छ । थपिएका गाउँपालिकाको वडागत र मतदानकेन्द्रगत विवरण खुलेको मतदाता नामावली तयार गर्न र तयार भएको मतदाता नामावली जेठ १५ गतेसम्म सबै केन्द्रमा पुर्याउन असम्भव रहेको आयोगले स्पष्ट पारेको छ । त्यस्तै मतदाताको परिवर्तित ठेगाना अनुसार मतदाता परिचय पत्र छपाई जेठ २७ गतेसम्म सम्बन्धित मतदान...

Read More

भरतपुरमा अझै ३४ हजार मत गन्न बाँकी

११ जेठ, काठमाडौं । बहुचर्चित चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उमेद्बारबीच रोचक प्रतिष्पर्धा देखिएको छ । एमालेका प्रमुख पदका उमेद्बार देवी ज्ञवालीले अग्रता लिएपनि हिजोदेखि लगातार माओवादी केन्द्रकी उमेद्बार रेणु दाहालले मतान्तर घटाउँदै लगेकी छिन् । कडा प्रतिष्पर्धा चलिरहँदा यतिखेर भरतपुरमा खसेको मत कति हो र कति गन्न बाँकी छ भन्ने चासो सबैलाई छ । भरतपुरमा खसेको मत १ लाख १२ हजार हो । अहिलेसम्म झण्डै ७८ हजारको हाराहारीमा मत गणना भइसकेको निर्वाचन कार्यालयले जनाएको छ । अझै झण्डै ३४ हजार मत गन्न बाँकी छ । दुई उमेद्बारबीच कडा प्रतिष्पर्धा हुनु र अझै ३४ हजार...

Read More
Advertisements