man-woman-thinkingहरेक मानिसलाई स्वस्थ रहेर लामो समय जीवन बिताउने चाहना हुन्छ । हालै गरिएको एक सोधमा महिला तथा पुरूषलाई स्वस्थ राख्ने राज फेला परेको छ ।

 

मेलबर्न विश्वविद्यालयका शोधकर्ताहरूले गरेको सोधमा महिला र पुरूषलाई स्वस्थ राख्ने र लामो समय जीवन जिउने राज पत्ता लागेको हो । सोधका अनुसार महिला र पुरूषको लामो समय जीउनका लागि गर्नुपर्ने काम फरक-फरक रहेको छ ।

 

शोधका अनुसार पुरूषलाई लामो समय स्वस्थ राख्नकालागि तनाव र राम्रो निन्द्रा आवश्यक पर्छ भने महिलालाई भिटामिन बी ६ युक्त खानाको आवश्यकता पर्छ । भिटमिन बि ६ युक्त खाना केरा, मासु, बदाम, लसुन र पिस्ता आदीको सेवन गर्ने महिलाहरूको जीवन लामो हुने बताइएको छ । यस्तै पुरूषलाई भने राम्रो निन्द्रा नै लामो जीवनको मुख्य आधार भएको सोधकर्ताहरुले बताएका छन् ।

 

शोधकर्ता मार्क वेल्क्विस्टका अनुसार ‘कम निन्द्राले पुरूषहरूमा मोटोपन बढ्ने, मुटुको धड्कनमा समस्या आउने, मधुमेहको समस्या हुने आदी सम्भावना रहन्छ । यसले मानिसलाई समयभन्दा अगाडि नै मृत्युको मुखमा पुर्याउँछ । यस्तो असर महिलाहरूमा पनि पर्छ तर, महिलाहरूलाई निन्द्रा भन्दा पनि भीटामिन बि ६ युक्त खानाको कमीले झण् धेरै प्रभाव पार्छ ।

 

यो सोधमा १ हजार ८ सय ६५ पुरूष र महिलामथि अध्ययन गरिएको थियो ।