love-at-first-sightपहिलो हेराईमा पनि प्रेम हुन्छ भन्ने गरिन्छ । तर, के यो साँचो हो । कि यी कुरा चलचित्र र भनाईमा मात्र भर पर्छ । यस्ता प्रश्नको जवाफ धेरैले चाहेका हुन्छन् । हालै गरिएको एक सोधले यसमा जोडिएका केही अचम्मका तथ्य बाहिर ल्याएको छ ।

 

युनिभर्सिटी अफ सिकागोले गरेको सोधका अनुसार पहिलो हेराईमा प्रेम हुने कुरा एक भ्रम मात्र हो । पहिलो हेराईमा प्रेम हुँदैन । पहिलो हेराईको कोही मानिस कसैप्रति आकर्षित हुन सक्छ, यो कुरालाई हाम्रो मष्तिष्कको एक विषेश हिस्साले तय गर्छ । शोधकर्ताहरूका अनुसार मष्तिष्कमा एन्टीरियर इन्सुला नामक भाग हुन्छ जसले हाम्रो मनमा आकर्षण र प्रेमको भावना पैदा तथा नियन्त्रित गर्छ ।

 

शोधकर्ताहरूका अनुसार पहिलो पटक कसैलाई देखेर हामी मात्र उसको शरिरप्रति आकर्षित हुन्छौ । उनीहरूका अनुसार वास्तविक प्रेममा पर्नका लागि एन्टीरियर इन्सुलालाई समय लाग्छ । यही कारण हामी कसैको बारेमा धेरै सोचेर उसको प्रेममा फस्ने गर्छौ ।

 

यति मात्र नभई उनीहरुले प्रेम गर्नलागि व्यक्तिले जति धेरै सोच्ने गर्छ उति नै लामो समयसम्म अधिक लामो समयसम्म उक्त प्रेम चल्ने गर्छ ।