बेलायतमा हालसालै गरिएको एक अध्ययनले खानासँग दिनहुँ दही खानाले उच्च रक्तचापको जोखिम कम हुने पत्ता लगाएको छ । अमेरिकामा हालसालै गरिएको एक अनुसन्धानले यस्तो निष्कर्ष निकालेको हो । अनुसन्धान १० वर्षसम्म गरिएको थियो । सो अनुसन्धानमा ५० हजारभन्दा धेरै मानिसको सहभागिता रहेको अनुसन्धानकर्ताले दाबी गरेका छन् ।curd

अनुसन्धान अनुसार लामो समयसम्म दही सेवन गर्ने व्यक्तिमा उच्च रक्तचापकको समस्या उत्पन्न हुने खतरा कम हुन्छ । सो अनुसन्धानमा त्यस्ता व्यक्ति पनि समावेश गरिएका थिए, जसको रक्तचाप सामान्य थियो ।

त्यस्तै, केहि मानिस भने उच्च रक्तचापको समस्यामा थिए । अध्ययनमा जुन व्यक्तिले दिनहुँ आफ्नो क्यालोरिको मात्रामध्ये न्युनतम दुई प्रतिशत दहीको माध्यमले हाँसिल गरे, उनीहरुमा उच्च रक्तचापको खतरा ३१ प्रतिशत कम रह्यो ।