manu-maharajहिन्दु धर्मग्रन्थहरूमा संसारको पहिलो मानिस मनु भएको बताइएको छ । उनको जन्म माघ कृष्ण पक्षको अमावस्या औशीमा भएको थियो । मनुको जन्म मनाली भएको थियो र उनले त्यहीबाट आफ्नो वंश परम्परालाई अगाडि बढाएको मानिन्छ । यसकारण मनालीमा मनुको जन्मदिन निकै धुमधामका साथ मनाइन्छ ।

 

संसारको पहिलो मनुष्यको जन्मदिन मानिसका लागि निकै आदरणीय छ । जानेर या अन्जानमा अपशब्द नबोलियोस् भन्नका लागि आजको दिनमा मौन धारण गर्नुपर्ने शास्त्रमा बताइएको छ । धेरै मानिस यो दिन कम बोल्ने सपथ समेत लिने गर्छन् । यसकारण यो दिनलाई मौनी अमावस्याको नामबाट समेत चिनिन्छ ।

 

जुन मानिसहरू पुरै दिन मौन रहन सक्छन्, उनीहरूले सुर्योदय हुनुभन्दा अगाडि स्नान गर्न उपयुक्त हुन्छ । यसपछि पुजा गरेर मनुको ध्यान गर्नुपर्छ ।

 

आजका दिन गंगा, यमुना एवं अन्य पवित्र नदीमा स्नान गर्नुलाई निकै राम्रो मानिन्छ। सोमबारको दिन मौनी अमावस्या पर्नुलाई अझ उत्तम मानिन्छ । जुन वर्ष मौनी अमावस्या आइतबार पर्छ, त्यो दिन मानिसका लागि निकै धेरै सम्भावनाहरू बन्ने गर्छन् ।