बाल्यकालदेखि अहिलेसम्म तपाईले कयौ पटक किस अर्थात चुम्बन गर्नुभयो होला । तर के तपाईलाई थाहा छ आफ्नो जीवनकालमा कति समय किस गर्नमा खर्च गर्नुभयो ? यो जान्नका लागि तपाईले �किस स्टोरी� नामक पुस्तक पढ्नुपर्नेछ । यो पुस्तकमा किससँग सम्बन्धित धेरै जानकारी दिइएको छ ।

 

kissकिस शब्द युरोपीय शब्द kussjan बाट बनेको हो । आफ्नो पुरा जीवनकालमा एक व्यक्तिले औषतः किस गर्नमा ३३६ घण्टा खर्च गर्दछन् । त्यसो त संसारमा सार्वजनिक रुपमै किस गर्ने मानिसहरुले धेरै पहिला किस गर्न सुरु गरेका थिए। तर फेरि पनि केही स्थानमा सार्वजनिक रुपमा किस गरे मृत्युदण्डको सजाय दिइन्थ्यो । १५६२ मा नेपल्समा यसप्रकारको व्यवहारका लागि मृत्यु दण्डको सजाय दिइन्थ्यो ।

 

भारतसहितका पूर्वी संस्कृतिको प्रभाव रहेको क्षेत्रमा बन्नेचलचित्रमा यसप्रकारको दृष्य देखाउनसमेत निकै समय लागेको थियो । १९२६ मा एक अंग्रेजी चलचित्रमा स्मुचको दृष्य सबैभन्दा पहिला देखाइएको थियो ।

 

फ्रेन्च किसको सुरुवात अंग्रेजीकै देन हो । तर लिप टु लिप किसको सुरुवात फ्रान्समा भएको थियो । फ्रेन्चका मानिस यसप्रकारको किस गर्न मन पराउने गर्दथे ।

 

स्त्री र पुरुषको क्लोज किस ८० वर्ष पहिले सन् १९२७ मा चलचित्र विङ्गस Wings मा देखाइएको थियो । यस्तै खुला रुपमा समलैङ्गक किस ठुलो पर्दामा सन् १९२२ मा फिल्म two lesbians snogging मा देखाइएको थियो । सबैभन्दा बढी किसको दृष्य भएको चलचित्र 191  Don Juan सन् १९६० मा देखाइएको थियो । १९९० मा अल्फ्रेड वोलफ्रेमले मिनेसोटामा भएको एक समारोहका क्रममा ८ घण्टामा ८००१ जना व्यक्तिलाई किस गरेका थिए । यसरी १ मिनेटमा १६ जनालाई किस गरेको रेकर्ड बनेको थियो ।

 

यो पुस्तकमा हर्मोन्सका कारण दुई व्यक्तिलाई नजिक्याउने दावी पनि गरिएको छ। अर्कातिर किसका क्रममा २७८ प्रकारका ब्याक्टेरिया आदानप्रदान हुने र यसका कारण प्रेमी कयौ रोगको शिकार हुने गर्दछन् ।