भनिन्छ पहिलो माया र पहिलो चुम्बन मानिसले कहिल्यैपनि बिर्सिँदैन । यसको सम्झना जीवनभरी नै रहन्छ । यो आम भनालाई वैज्ञानिकहरुले पनि पुष्टि गरिदिएका छन् ।

एक नयाँ अध्ययनले के देखाएको छ भने महिलाहरु सेक्सलाई भन्दा चुम्बनलाई प्राथमिकता दिन्छन् । साथै सेक्सले भन्दा चुम्बनले प्रेमी प्रेमीकाबीचको सम्बन्ध प्रगाढ हुने तथ्य पनि बाहिर आएको छ ।kiss यो शोधका क्रममा शोधकर्ताहरुले केही प्रेमजोडीहरुलाई सामेल गराएका थिए । त्यसबाट पत्ता लागेको छ की पुरुषको तुलनामा महिलाहरु सेक्सभन्दा चुम्बनबाट बढि माया प्रकट हुने ठान्दछन् ।

साथै चुम्बनले सम्बन्धलाई अझै गाढा बनाउने उनीहरुको सोँचाइ हुन्छ । यस्तो चुम्बनको प्रभाव महिलाहरुको मनमा आजिवन रहने र त्यसले सम्बन्धलाई कसिलो बनाउन योगदान गर्ने तर्क शोधकर्ताहरुको छ । पुरुषहरु चुम्बन भन्दा सेक्सका लागि हतारिने भएपनि कुनै स्त्रीसँगको मीठो चुम्बनले पुरुषको मानसपटलमा समेत गहिरो छाप छोड्ने बताइन्छ ।