२० जेठ, एजेन्सी । चेक गणतन्त्रकी एक महिलाले पाँच सन्तानलाई जन्म दिएकी छिन् । आइतबार २३ वर्षिय एलेक्जेन्ड्रा किनोभाले त्यहाँको एक अस्पतालमा आफ्ना पाँच सन्तानलाई जन्म दिएकी हुन् । 

चिकित्सकहरूका अनुसार बच्चा र आमा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको जनाएको छ । यद्यपी उनीहरुलाई आईसियुमा राखिएको बताइएको छ । किनोभाले सन्तान जन्माउने समयमा उनका पति समेत साथमा नै थिए । किनोभाको पहिलै नै एक सन्तान छन् । एकैपटक पाँच सन्तान जन्माएपछि उनको सन्तानको संख्या आधा दर्जन पुगेको छ । उनले आफ्ना सन्तानको नाम समेत राखिसकेकी छिन् । उनले छोराहरूको नाम डेनियल, माइकल, एलेक्स र मार्टिन राखेकी छिन् भने छोरीको नाम टेरेज्का राखेकी छिन् ।

यो घटना चेक गणतन्त्रमा पहिलो भएको त्यहाँका चिकित्सकहरूले जनाएका छन् । अस्पतालका चिकित्सकहरूका अनुसार जन्मिएका पाँचै जना स्वस्थ्य रहने सम्भावना करिब ९५ प्रतिशत रहेको छ ।

किनोभालाई आफ्नो गर्भमा पाँचपाँच वटा सन्तान छन् भन्ने पनि गत महिनासम्म थाहा थिएन । चिकित्सकहरूले उनको गर्भमा २ सन्तानमात्र रहेको सुरूवाती अवस्थामा बताएका थिए । तर, पछी नियमित जाँचको क्रममा उनको गर्भमा ४ सन्तान रहेको बताएका थिए ।

चिकित्सकले गत महिना भने उनको शरिरमा पाँच सन्तान रहेको बताएपछी भने सबै चकित भएका थिए । चेक गणतन्त्रमा पहिलो पटक यसरी एकै महिलाले पाँच सन्तान जन्माउन लागेको पहिलो पटक हो ।

किनोभाले आफू निकै अचम्मित र उत्साहित भएको बताएकी थिइन् । उनले आफू पाँचै सन्तानलाई स्तनपान गराउन आतुर भएको समेत बताएकी थिइन् ।

mother-23-gives-birth-countrys-naturally-conceived-quintuplets mother-23-gives-birth-countrys-naturally-conceived-quintuplets mother-23-gives-birth-countrys-naturally-conceived-quintuplets mother-23-gives-birth-countrys-naturally-conceived-quintuplets mother-23-gives-birth-countrys-naturally-conceived-quintuplets