mushroomच्याऊ हामी मध्ये कतिपयलाई मिठो लाग्ने परिकार हुन सक्छ । यसका विभिन्न फाइदाका कारण पनि च्याउको प्रयोग निकै हुन थालेको छ । 

च्याऊलाई अझ उचित रूपमा पकाएर खान सके त्यसले शरिरमा थप फाइदा पुर्याउने अनुसन्धानकर्ताहरूले बताएका छन् । यदी च्याउलाई घाममा सुकाएर पकाउने गरे त्यसले घामबाट पाइने भिटामिन डि समेत दिने अनुसन्धानकर्ताहरूले बताएका छन् । अनुसन्धाकर्ताहरूले च्याऊमा रहेको बाहिरी पत्र फ्याँकेर त्यसलाई आधा घण्टा घाममा राखेर पकाए त्यसबाट आवश्यक भिटामिन डि पाउन सकिने बताएका छन् । 

उनीहरूका अनुसार च्याउको बाहिरि भागले पनि छालाले जस्तै अल्ट्राभ्वाइलेट प्रकाशलाई भिटामिनमा परिणत गर्छ । च्याऊलाई काटेपछि पनि प्रकाश सोसेर भिटामिनमा परिणत गर्न नछाड्ने अनुसन्धानकर्ताहरूले बताए । यसमा पाइने अन्य पौष्टिक पदार्थले इम्युन प्रणाली, हाड तथा दाँत बलियो बनाउने गर्छ । 
अनुसन्धानका क्रममा अनुसन्धानकर्ताहरूले ३० जना युवाहरूमाथी गरेको सर्वेक्षणबाट यस्तो निष्कर्ष निकालेको हो । ती युवाहरूमध्ये केहीलाई १२ हप्तासम्म २ हजार युनिटको भिटामिन डि दिइएको थीयो भने केहीलाई घाममा सुकाइएको च्याऊको पाउडर दिइएको थियो । यसरी गरिएको अध्ययनमा दुवैमा कुनै परिवर्तन देखिएको थिएन । यसबाट के निष्कर्ष निकाले भने च्याऊबाट पाइने भिटामिन डि घामबाट पाइने भिटामिन डि बराबरकै हुने गर्छ ।