hand shakingहामी कुनै नयाँ मानिस तथा साथीभाइलाई भेट्दा सबैभन्दा पहिले हात मिलाउने गर्छौ । हात मिलाउनुलाई हामी आधुनिकतासँग जोड्ने गर्छौ । हात मिलाउनु आजकल निकै सामान्य प्रक्रिया भएपनि यसबाट मानिसको स्वभाव भने थाहा पाउन सकिन्छ ।

 

हात मिलाउँदा यसरी थाहा पाउनुस् मानिसको स्वभाव…
– जुन मानिसको हात मोटो, भारी र कोमल छ, उनीहरू सामान्यतया कामुक हुने गर्छन् । यस्ता मानिसहरू विलासितापूर्ण जीवन बिताउनेतर्फ आकर्षित हुन्छन् । यस्ता पुरूषहरूले युवतीहरूलाई निकै प्रभाव पार्ने गर्छन् ।

 

– जुन मानिसले हात मिलाउँदा निकै कसेर हात मिलाउने गर्छ, सामान्यतया उनीहरू राम्रो स्वभावको हुने गर्छन् । उनीहरू अरूलाई आदर गर्ने, भरोसा गर्न लायक हुन्छन् भने अरूलाई पनि निकै भरोसा गर्ने गर्छन् ।

 

– यदी कुनै व्यक्तिको हात पालतो, कोमल छ भने उनीहरू आलसी र विलासी हुन्छन् । अधिकांश स्थितिमा उनीहरूमा कामुकता निकै धेरै हुने गर्छ ।

 

– जुन मानिसहरूको हात लचिलो, कठोर र औलाहरू समान अनुपातमा हुन्छ, उनीहरू स्थिर मनका हुन्छन् । यस्ता मानिसहरू मेहेनती, जोसुकैको कुरा पनि सहजै सम्झन सक्ने र सबैलाई समान व्यवहार गर्ने खालका हुन्छन् ।

 

– जुन मानिसहरूलाई आफूप्रति विश्वास हुन्छ उनीहरू हात मिलाउने क्रममा आफ्नो एक हात पछाडि पुर्याउने गर्छन् र हात खुला राख्छन् । सामान्यतया यस्ता मानिसहरू सबै मानिससँग सहजै घुलमिल गर्न सक्छन् ।

 

– जुन व्यक्तिले हात मिलाउने क्रममा आफ्नो हात सिधा र तनक्क पार्छ उनीहरू व्यवहारिक र मिलनसार हुने गर्छन् । यस्ता मानिसहरू सभ्य र परिपक्क हुन्छन् । कुनै पनि परिस्थितिलाई सहजै समाधान गर्न सक्छन् ।

 

– जुन व्यक्तिले हात मिलाउने क्रममा तपाईको हात थाम्ने गर्छन्, उनीहरुलाई सहजै विश्वास गर्न सकिन्न । यस्ता मानिसहरूलाई अन्य मानिसको विश्वास जित्नका लागि निकै कडा मेहेनत गर्नुपर्ने हुन्छ ।

 

– हात मिलाउने समयमा जुन मानिसले बायाँ हात दोस्रो व्यक्तिको काँधमा राखेर सीधा हात मिलाउँछन्, उनीहरू निकै राम्रा साथी हुने गर्छन् । यी मानिसहरु आफ्नो शाथीको निकै कठिन समयमा पनि पूर्ण रूपमा साथ दिने सक्दो प्रयास गर्ने गर्छन् ।

 

– हात मिलाउने क्रममा यदी कुनै व्यक्तिले आफ्नो हात लामो समयसम्म समातेर राख्छ भने उनीहरू अन्य व्यक्तिसँग आफ्नो अधिकार जताउन खोज्छन् । यीनीहरुको सोच अन्यलाई नियन्त्रणमा राख्ने खालको हुन्छ । यस प्रकारका मानिसहरू सफलता हात त पार्छन् तर, कयौ दुःख कष्ट पनि भोग्न बाध्य हुन्छन् ।

 

– यस्ता अधिकांश मानिस जो हात मिलाउने क्रममा हात हल्लाउने गर्छन्, उनीहरू लापरवाही गर्ने खालका हुन्छन् । यस प्रकारका धेरै मानिस अल्छि र सुस्त पनि हुने गर्छन् । तर यी मानिसहरू मनले निकै राम्रा हुन्छन् ।