madhav kumar nepal२६ फागुन,   चितवन । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत नेकपा (माओवादी) अन्य निकाय आफ्नो कब्जामा रहेको र न्यायपालिका एवम् सेना मात्र बाँकी रहेको भन्दै पूर्ववत् योजनाअनुरुप अघि बढेको दाबी गरेका छन्। माओवादीका नेता तथा कार्यकर्ताले समेत सत्ताकब्जाको रटान लगाउन छोडेको समयमा एमाले नेता नेपालाले ‘एमाओवादीले गर्न लागेको’ सत्ता कब्जाको बेलिबिस्तार लगाएका थिए। उनका अनुसार एमाओवादीले न्यायालय र सेना वाहेक अन्यत्र कब्जा गरिसकेको र  ठम्याइमा रहेको र अब न्यायलय र सेनामा आँखा गाडेको छ।
    सत्ताकब्जाको रणनीतिअनुरुप विभिन्न पासा फाल्ने क्रममा न्यायपालिका र नेपाली सेनालाई बिबादमा ल्याउने सातौँ महाधिवेशनको रणनीतिअनुरुप एमाओवादी अघि बढिरहेको उनले ठोकुवा गरेका थिए।
आज भरतपुरमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै नेता नेपालले आफ्ना कार्यकर्तालाई एमाओवादीले गर्न लागेको सत्ता कब्जाको  बारेमा सुनाएका थिए।
एमाओवादी अध्यक्ष प्रचण्डलससंग दरिलो निजि सम्वन्ध रहेको विश्वासमा कार्यकर्ताले पनि उनको कुरा खूब मन लगाएर सुने।
प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएर बिबादित बनाउने र फाष्ट ट्र्याकबाट आफ्ना लडाकुलाई नेतृत्व तहमा पु-याएर सेनासमेत नियन्त्रणमा लिई देश कब्जा गर्ने माओवादीको योजना रहेको उनले कार्यकर्तालाई बताउँदै गर्दा उनले आफ्नै पार्टीका अध्यक्ष झलनाथ खनाल प्रति कटाक्ष गर्न भ्याए। उनले एमाओवादीखो सत्ता कब्जाको  रणनीतिमा अन्य दलका नेताहरु लतारिए गाएका छन्,।
    माओवादीले चुनाव गर्छ भन्ने भ्रममा नफस्न समेत  कार्यकर्ताहरुलाई सुझाएका थिए।
 एमालेको कार्यकर्ता भेलामा  उनले  अधिकाशं समय भने एमाओवादीले सत्ता कसरी कब्जा गर्दै भन्नेमा खर्चिएका थिए।