SARS virus२० जेठ, एजेन्सी । साउदी अरेबियामा स्वासप्रस्वाससम्बन्धी समस्याबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । स्वासप्रस्वास सम्बन्धी समस्या देखिने सार्स भाइरसका कारण साउदी अरेबियामा आइतबार मात्र ३ जनाको ज्यान गएको साउदी अरेबियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच साउदीमा अर्को भाइरस पनि भेटिएको बताइएको छ । मेर्स नाम दिइएको उक्त भाइरसका कारण ३८ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

यता विश्व स्वास्थ्य संगठनले नयाँ भाइरस भेटिएको र यसले सन् २००३ मा मात्र ८ सय जनाले मध्यपूर्वमा ८ सय जनाको ज्यान लिएको बताएको छ । उसका अनुसार गत सेप्टेम्बरदेखि साउदीमा मात्र ५१ जना संक्रमित भेटिएका छन् ।

साउदीमा देखिएको नयाँ भाइरसका कारण साउदी अरेबिया तनावमा परेको छ । यस्तै, नेपालीहरू समेत विभिन्न ठाऊँमा अलपत्र परेका खबरहरू आइरहेका बेला थप नेपालीमा समेत तनावको स्थिति सिर्जना भएको बताइएको छ ।