ranveer-deepika ramleela photoछिट्टै सार्वजनिक हुन लागेको बलिउड चलचित्र ‘रामलिला’को बजारमा निकै चर्चा छ। रामलिलामा नायक रणविर सिंह र दिपिका पादुकोने बिचको तात्तातो चुम्बनको दृश्ल यतिखेर ‘टक अफ द टाउन ‘ बनेको छ.

शेक्सपियरको इपिक लभ स्टोरी रोमियो जुलिएटमा आधारित चलचित्रमा रणविर लामो- लामो जुँगामा देखिने छन्। यसै प्रसंगमा नायीका दिपिका पादुकोनेलाई लामो जुँगा भएका रणबिरलाई चुम्बन गर्न अफ्ट्यारो भएन भनेर सोधिएको थियो।

दिपिकाले जुँगा हुँदा नहुँदा केही नपर्ने भन्दै जवाफ दिइन्-‘मलाई त्यहाँ सम्म पुग्नु थियो र त्यो गर्नु थियो जुन मैले गर्नु पर्ने थियो।’

दिपिकाले आफूले चुम्वनको दृश्यलाइ अन्य दृश्य झैं लिने गरेको समेत बताइन्। उनले आफूसंग काम गर्नेको सम्वन्धले पनि यस्तो दृश्यको लागि फरक नपर्ने दाबी गरिन्।

चलचित्र ‘रामलिला’ यही नोभेम्बर १५ मा सार्वजनिक हुँदैछ। चलचित्रलाई चर्चित निर्देशक सञ्जयलिला भन्सालीले निर्देशन गरेका हुन।

चलचित्रमा आइटम डान्सरका रुपमा नायीका प्रियंका चोपरा समेत देखिनेछिन्।