२३ बैशाख, एजेन्सी । भारतको गुजरातमा एउटा यस्तो गाऊँ छ जहाँ ५ सय युवा विवाह गर्ने उमेरमा पगेका छन् तर, उनीहरुले आफ्नो विवाह नहुने चिन्ताले सताएको छ ।

यसरी विबाह नहुने चिन्ताले सताउनुको कारण हो, पानी । पानीका कारण उनीहरुको विवाह नहुने अवस्था सिर्जना भएको हो । गुजरातको दुधान नामक गाउँमा पानीको यति समस्या छ की त्यहाँ छोरी दिन समेत अन्य गाउँमा मानिस चाहँदैनन् ।

गाऊँका एक युवाका अनुसार उक्त गाऊँमा दुई दिनमा एक पटक पानी आऊँछ त्यो पनि केही बेरका लागी । थोरै पानी थाप्न पाइन्छ, त्यसले खाना बनाएर खान समेत मुस्किल पर्छ । अन्य गाऊँका मानिसहरू पनि भन्छन् यस्तो पानी नै नभएको ठाऊँमा कसरी दिने आफ्ना चेलीबेटी । त्यस्तो दु:खमा जानीजानी हामी छोरी दिन सक्दैनौ भन्छन्, अन्य गाऊँका गाउँलेहरू ।

करिब १५ हजारको जनसंख्यामा रहेका गाऊका मानिसहरूमा पानीका कारण निकै समस्या भोग्नु परिरहेको छ । छोरी नदिने कुरा एक ठाऊँमा छ पानी नै पिउन नपाउने समस्याले उनीहरुलाई निकै सताएको छ ।