nutओखर हामीले थाहा देखेको र खाँदै आएको फल हो । प्राय हामीले तिहारको समयमा प्रयोग गर्ने यो फल अन्य समयमा हामीले खासै वास्ता गर्दैनौ तर, अब ओखरलाई पनि हाम्रा अन्य फल जस्तै खाइरहने फल बनाउनु फाइदा जनक देखिएको छ । केही समय अघि गरिएको अध्ययनमा ओखरले दिने स्वास्थ्यका फाइदाका कारण पनि ओखरलाई दैनिक जीवनमा समावेश गर्नु फाइदाकर हुने भएको छ । ओखरले के-के फाइदा गर्छ त ?

– स्तन क्यान्सरको खतरा कमः ओखरको नियमित प्रयोगले स्तन क्यान्सरको खतरा कम हुन्छ । मार्सल विश्वविद्यालयले गरेको अध्ययन अनुसार ६० ग्राम ओखर दिनहुँ खाने गरे स्तन क्यान्सरको सम्भावना कम हुन्छ ।

– मधुमेहबाट सुरक्षाः ओखरको प्रयोगले मधुमेह अर्थात् सुगरको खतरा पनिकम हुन्छ । ओखरमा पाइने मोनो र पालीअनस्याचुरेट फ्याटले शरिरको इन्सुलिन सेन्सेटिभीटीलाई राम्रो फाइदा पुर्याउँछ । उक्त हार्वर्ड स्कुल अफ पब्लिक हेल्थका अनुसन्धानकर्ताहरूले गरेको अनुसन्धानमा के पत्ता लागेको छ भने जुन महिलाहरूले हप्तामा पाँच पटक ३० ग्राम ओखर खाने गर्छन् उनीहरुलाई टाइप २ मधुमेह हुने खतरा ३० प्रतिशत कम हुन्छ ।

– मुटुलाई पनि फाइदाः ओखरको प्रयोगले मुटूलाई समेत फाइदा गर्छ । यसमा रहेको एन्टी अक्सिडेन्टले मुटुलाई स्वस्थ राख्ने काम गर्छ ।

– तनाव कम ग्रन मद्धत गर्छ । ओखरको प्रयोगले मानिसलाई तनावसँग लड्ने क्षमतामा बृद्धि गर्छ । यसमा भएको तेलले ब्लड प्रेसर र त्यसको प्रभावलाई कम गर्न मद्धत गर्छ र तनाव कम हुन्छ ।

– इन्फ्लामेटरी रोगहरूबाट पनि बचाउन सहयोग गर्छ ।

– क्यान्सर तथा अल्जाइमर्सबाट पनि जोगाउन मद्धत गर्छ ।