om puriभारतीय चर्चित अभिनेता ओम पुरीमाथी आफ्नै पत्नी नन्दिताले प्रहरीमा उजुरी दर्ता गराएकी छिन् । दोस्री पत्नी नन्दिताले आफुलाई लौरोले कुटेको भन्दै प्रहरीमा उजुरी गरेकी हुन् ।

करिब एक हप्ता अगाडि आफूसँगको सामान्य विवादमा पति ओम पुरीले आफूलाई लौरोले पिटेको भन्दै उजुरी गरेकी छिन् । दुईबीच झगडा हुनुको कारण भने ओम पुरीको पहिलो पत्नी रहेको बताइएको छ । पहिलो पत्नी सिमासँग पुरी नजिकिएका छन् भने नन्दितालाई वेवास्ता गर्ने गरेको बताइएको छ । पुरीले अदातलले दिएको समयमा अदालतमा उपस्थित नभइ अदालतको अवहेलना गरेको भन्दै फरार रहेको बताएको छ ।

यता नन्दिताले पहिले पनि ओम पुरी विरूद्ध मुद्दा दर्ता गरेकी थिइन् । उनले पुरीले आफ्नो घर छोडोस् भन्ने चाहेको तर जीवन गुजारा गर्न लाग्ने खर्च भने नदिएको बताएकी छिन् ।