online-datingसामाजिक सञ्जालले मानिसको जीवन निकै सहज बनाएको छ । कार्य व्यस्तताले साथिहरूसँग भेटघाट नहुने अवस्थामा पनि यसले साथिहरूसँग भेटघाट तथा कुराकानीको अवसर जुटाइदिएको छ । यस्तै, व्यस्तताका कारण आफ्नो लागी जीवनसाथी खोज्न समेत समस्या भएकाहरूलाई पनि सामाजिक सञ्जालले केही हदसम्म सहज बनाइदिएको छ ।

 

जीवनसाथि खोज्ने भेटेर कुरा गर्ने जस्ता झण्झटबाट समेत सामाजिक सञ्जालले मानिसलाई सहज बनाइदिएको छ । साथै आफूले चाहेको जस्तो जीवनसाथी हो या होइन भन्ने विषयमा समेत जानकारी लिन पनि सामाजिक सञ्जाल महत्वपूर्ण हुन सक्छ । सामाजिक सञ्जालबाटै कसैको बानी, जीवनशैली, साथीभाईका बारेमा जानकारी हासिल गर्न सकिन्छ जसले गर्दा आफ्नो आवश्यकता तथा विचार मिल्ने नमिल्ने बारे थाहा हुन्छ ।

 

यस्तै, सामाजिक सञ्जालमा नै कुरा गरेर पनि आफ्ना कुराहरू सेयर गर्ने र आफ्ना कुराहरू राख्ने गर्न सकिन्छ । तर, डेटिङका क्रममा भने केहि विषयमा ध्यान पुर्याउनु आवश्यक हुन्छ ।

– कसैलाई भेट्नु भन्दा पहिले उसको बारेमा सामाजिक सञ्जालबाट सकेसम्म धेरै जानकारी लिने गर्नु राम्रो हुन्छ । फेसबुक, ट्विटर, गुगल जस्ता सामाजिक सञ्जालको प्रयोग गरेर उसको बारेमा जानकारी लिने जसले उसको बारेमा थोरै जानकारी मिल्छ । यदी सामाजिक सञ्जालमा नै आफूले खोजेजस्तो र आफ्नो लागी नमिल्ने जस्तो लागे भेट्न नजाँदा पनि हुन्छ ।

यदी भेट गर्न जानुभयो भने पनि आफ्ना कुराहरू सहि तरिकाले राख्ने र आफूले सामाजिक सञ्जालमा उनका बारेमा धेरै कुरा थाहा पाइसकेको बारेमा पनि केही नभन्नु राम्रो हुन्छ । यसरी सामाजिक सञ्जालमा आफूले धेरै कुरा विचार गरेको कुरा गर्दा तपाईको डेटिङ खराब हुन सक्छ ।

 

– टेक्स्टबाट कुराकानी गर्नु पनि राम्रो हुन्छ । हाम्रो समाजमा विवाह अगाडि भेटेर कुरा गर्नुलाई राम्रो मानिदैन । त्यसैले पनि आफ्ना कुरा राख्न र दुईबीच एक-अर्काका भावना बुझ्नका लागि टेक्स्ट नै सहज माध्यम हुन सक्छ । टेक्स्ट म्यासेजबाट पनि धेरै कुरा गर्न सकिन्छ, जरूरी कुराहरूमा डिस्कस समेत गर्न सकिन्छ ।

 

– कसैको बारेमा जानकारी हासिल गर्नका लागि सामाजिक सञ्जाल सबैभन्दा राम्रो हुन्छ । फेसबुक लगायत अन्य सामाजिक सञ्जालबाट उसको जीवनशैली, साथीहरू र उसको व्यक्तिगत जीवनका बारेमा बुझ्न सक्नुहुन्छ । एक-अर्काको बानी-विचार थाहा पाउनका लागि पनि सबैभन्दा सहज माध्यम हुन सक्छ सामाजिक सञ्जाल । सामाजिक सञ्जालमा उसका साथिहरूसँग पनि साथी बन्ने, कुरा गर्ने गरे उसको बानीका बारेमा थाहा हुन्छ । यसले तपाईलाई जीवनसाथी छान्नका लागि झन् सहज हुन्छ ।

 

– तपाईले अर्को के कुराको विचार गर्नुस् भने विवाह कतै पैसाका लागि त हुँदै छैन् । तपाई जोसँग विवाह गर्दै हुनुहुन्छ, त्यसमा कतै पैसाका कुराहरू त देखिएका छैनन् । दुईबीचको कुराकानीका क्रममा यस्ता सबै विषयमा ध्यान दिनु जरूरी हुन्छ ।

 

– सकेसम्म महिलाहरू डेटका लागि कुरा गर्न गाह्रो मान्छन् । यसका लागि पुरूषले नै पहल गर्नुपर्छ ।