owl१८ फागुन,चितवन। चितवनको सेतीदेवी सामुदायीक वनमा आजदेखि नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव शुरु हुँदैछ। । प्रकृतिका साथीहरु र सेती देवि सामुदायीक वन उपभोक्ता समुहको संयुक्त आयोजनामा दुर्लभ पन्छिमा पर्ने ती चराको संरक्षणका लागि उत्सव आयोजना गर्न लागिएको हो । सो अवसरमा चरा अवलोकनको व्यवस्था समेत मिलाइएको छ । उत्सवमा चरा संरक्षण सम्बन्धी भजन , गुरुङ समुदायको घाँटु नाच , लाटोकोसेरो सम्बन्धी वृतचित्र प्रदर्शनी , फोटो प्रदर्शनी लगायत कार्यक्रमहरु हुनेछन । विश्वभर २ सय २५ प्रजातीका लाटोकोसेरो रहेका छन भने २१ प्रजाती नेपालमा र १० प्रजाती चितवनमा रहेका छन् ।