pencilप्राय हामी पेन्सिलको प्रयोग लेख्नका लागी गर्छौ, तर हामीमध्ये धेरै कमलाई मात्र पेन्सिलले शरिरको दुखाईमा पनि राहत पुर्याउने थाहा छ । पेन्सिलको प्रयोगबाट पनि शरिरको दुखाईको उपचार गर्न सकिन्छ भन्दा धेरैलाई अचम्म पनि लाग्न सक्छ ।

हो पेन्सिलको प्रयोगले पनि शरिरको दुखाई कम गर्न सकिन्छ । मानिसको शरिरको दुखाई तथा तनाव कम गर्नका लागि गरिने पेन्सिलको थेरापीले औलामा भने केही दुखाई महसुस हुन सक्छ तर शरिरको दुखाई र तनाव भने कम हुन्छ ।

पेन्सिल थेरापीले मानिसको शरिरको दुखाई कम हुनुका साथै शरिरमा नयाँ उर्जाको सञ्चार हुन्छ । यसले विभिन्न रोगमा समेत फाइदा पुर्याउँछ ।

पेन्सिल थेरापी गर्दा औला भने निकै दुख्छ । जसको शरिरमा दुखाई बढी छ उसको औलामा पनि बढी नै दुख्छ । शरिरमा कम दुखाई भएको मानिसलाई कम दुख्छ । स्वस्थ व्यक्तिलाई साधारण मात्र दुखाई हुन्छ ।

कसरी गर्ने पेन्सिल थेरापी ?
बेलनाकार पेन्सिललाई हात र खुट्टाको औलाको कापोमा केही दवाव दिएर घुमाउने । पेन्सिललाई औलाको चार दिशामा र चार कुनामा घुमाउने । नङमा भने पेन्सिल प्रयोग गर्नु हुँदैन । नङमा छाडेर औलाहरूमा पेन्सिल घुमाउने ।

कति बेला गर्ने ?
पेन्सिल थेरापी खाना खाएको एक घण्टा अघि या साढे दुई घन्टा पछि मात्र गर्नुपर्ने हुन्छ । नुहाउनुभन्दा एक घण्टा अगाडि या एक घण्टा पछाडी मात्र गर्ने । पेन्सील थेरापी गर्नुभन्दा अगाडि औलामा कुनै घाउ छ या छैन् त्यो भने विचार पुर्याउनु पर्छ ।