marich-Pfeffer-Gewürzमरिच हामीले दैनिक जीवनमा प्रयोग गर्ने औषधीका गुणले भरिपूर्ण एक अत्यावस्यक पदार्थ हो । मरिचलाई हामी चियामा, तरकारीमा मसलासँग मिसाएर, त्यस्तै अन्य परिकारहरूमा समेत प्रयोग गर्ने गर्छौ ।
 
हामीमध्ये धेरैले यसलाई तातो बनाउने कामका लागी नै चिया, तरकारी र अन्य खानामा प्रयोग गर्छौ । मरिचले शरिरलाई तातो मात्र होइन् अन्य धेरै फाइदा समेत दिने गर्छ हाम्रो शरिरलाई । हाम्रो शरिरका केही रोगलाई समेत ठिक पार्न मरिचको प्रयोग गर्नु राम्रो हुन्छ । मरिच केही यस्ता गुणहरू जुन तपाईको स्वास्थ्यलाई प्रत्यक्ष लाभ गर्दछ ती यस्ता छन्…
 
१. आँखाको तेजमा: असल गाईको ध्यूमा एघार दाना मरिच खराउनु, रातो भएपछी झिकेर चोलो पारी वेसरी चपाई खाई घ्यू पिउनू । यो क्रम केही दिन चलाए आँखाको तेज(ज्योति) बढ्दछ । 
 
२. ग्रीष्म-ज्वरमा: मरिच र तुलसीको पात बराबर राखेर बेसरी पिस्ने र मरिचको दाना जत्रै गोली बनाएर चार-चार गोली दिनको तीन पल्ट खाए ग्रीष्म ज्वरो हराउँछ । 
 
३. आँखा दुखेमा: घ्यू दश ग्राम, देशी चीनी पन्ध्र ग्राम, मरिच एघार दाना पिसेर चाट्ने गरे आँखा दुख्ने निको हुन्छ । 
 
४. रूघाखोकीमा: दुई ग्राम मरिच र एक ग्राम विरेनूनको धूलो पारेर बिहान बेलुका खानाले रूघा खोकी निको हुन्छ । 
 
५. रक्त-प्रदर, स्वेत-प्रदर: पीपलको बोक्राको खरानी ५ ग्राम, मिश्री दश ग्राम र मरिच तीन दाना बासी पानीसित खाए केही दिनमा रक्त प्रदर र स्वेत प्रदर ठीक हुन्छ । 
 
६. बढि निन्द्रामा: मरिच चबाउनु बा मरिचको धूलो सुर्मा लगाए जस्तै आँखामा लगाए निन्द्रा हराउँछ । 
 
७. बालकको मूर्च्छामा: पाँच ग्राम मरिच महसित चटउने गरे बालकको मूर्च्छा निको हुन्छ । 
 
८. पक्षघात: लकवामा मरिचका चूर्ण बनाएर मिश्रीसित खाए पक्षघातमा लाभ हुन्छ । 
 
९. कामजोरमा: ती ग्राम मरिच २० ग्राम घ्यू पिसेर मालिश गरे जाडो भएर आउने कामजरो ठिक हुन्छ । 
 
१०. अतिसार(पखाला)मा: एक ग्राम मरिच, आधा ग्राम हीङ र चौथाई ग्राम अफिम पिसेर जीरा पखला आराम हुन्छ ।