sex ko chanaनियमित रूपमा सेक्स गर्ने गर्दा मानिसको शरिरमा कयौ थरिका वाइरससँग लड्ने क्षमताको विकास हुन्छ । केहि समयअघि गरिएको सोधमा यो कुरा पत्ता लागेको छ की सेक्स अर्थात् यौनक्रियाले शरिरमा संक्रमण फैलिन नदिने निष्कर्ष निकालेको छ । सेक्स गर्नुले मात्र नभई प्रेमी-प्रेमीकाले एक अर्कासँग अंगालो मार्नुले पनि केहि रोगहरूसँग लड्न सहज हुने बताइन्छ ।

थाहा पाऔ सेक्सले के-के रोगमा फाइदा पुर्याउँछ ।
– तनाव कम गर्ने काममा पनि प्रेम, अंगालो र यौनसम्बन्धले निकै फाइदा गर्छ । यौन सम्बन्धपछी शरिरबाट एण्डोर्फिन निस्किने भएकाले दिमागलाई शान्त बनाउँछ ।

– नियमित रूपमा गरिने सेक्सले हाम्रो शरिरमा रहेका धेरै भाइरसहरूसँग लड्ने क्षमता प्रदान गर्छ । केही समयअघि भएको एक अध्ययनमा सेक्सले शरिरमा एण्टिबडिज निकै धेरै उत्पादन गर्ने गर्छ र शरिरमा संक्रमण फैलन सक्ने सम्भावनालाई कम गर्छ ।

– सेक्सले एन्डार्फिन हर्मोनको उ्तपादन बृद्धी हुन्छ, जसले छालालाई मुलायम तथा चमकदार बनाउन मद्धत गर्छ । एस्ट्रोजोन हर्मोन शरिरको लागि एक चमत्कार नै हो जसले फरक खालको अनुभूति प्रदान गर्छ । नियमित सेक्सले सौन्दर्य लामो समय कायम राख्न सकिन्छ ।

– महिलाको मासिक धर्ममा देखिने खराब पनि सेक्सो माध्यमबाट केही कम हुन सक्छ । मासिक धर्मका क्रममा आफ्नो पार्टनरसँग सेक्स गर्नका लागि स्विकृती जनाउनुस् । सेक्सले उक्त समयमा हुने दुखाई र कम्मर दुखाईलाई पनि राहत दिन्छ ।

– यदी तपाईलाई निन्द्रा लाग्दैन, निन्द्रा नलाग्ने समस्याबाट पडित हुनुहुन्छ भने सेक्सले तपाईको उक्त समस्या कम गर्न सक्छ । त्यसैले सुत्नु अघि गरिने सेक्सले निन्द्रामा निकै फाइदा गर्छ ।