मृत्यु भएको चार महिना पछि बलिउड नायीका जिया खानको मृत शरिर चिहानबाट निकालिने संभावना बढेर गएको । यसअघि उनले आत्महत्या गरेको निष्कर्षमा प्रहरी पुगेको भएपनि पछिल्ला प्रमाणहरुले उनको हत्या भएको संकेत गरेका छन्।

फरेनसिक रिपोर्टमा उनको नङमा मासु र अण्डरवेयरमा रगतमा भेटिएको छ। उक्त रिपोर्ट अगस्ट महिनामै तयार भएको थियो।
जियाकी आमा राबिया खानले लगातार जियाले आत्महत्या नगरेको र उनको हत्यानै भएको बताउँदै आएकी छिन् ।
प्रहरीले राबियाको कुरा सुनेपनि त्यसमाथि अनुसन्धान भने गरेको थिएन। तर अब फेरनसिक रिपोर्ट आएपछी मु्म्बइ प्रहरीले जिया खानको मृत्य प्रकरणमाथी फेरी अनुसन्धान शुरु गर्देछ।

राबियाले जियाको खानको शरिर पुनः मेडिकल र फरेनसिक जाँचको लागी पठाउन माग गरेकी छिन्। त्यसका लागि उनको शरिर चिहानबाट निकाल्नु पर्ने हुन्छ ।
प्रहरीले पनि राबियाको मागलाइ इन्कार गरेको छैन्। प्रहरीले विशेषज्ञहरुसंघ सल्लाह गरेर निर्णय लिने बताएको छ।

जियाकी आमा राबियाले प्रहरीको अनुसन्धानबाट असन्तुष्ट भएपछि फरेनसिक विशेषज्ञ तथा पुर्व एम्स प्रमुख आरके शर्मासंग सहयोग लिएकी थिइन्।

शर्माले प्रहरीको अनुसन्धारमा कयौं खोट भेटेका थिए साथै उनले जियाले आत्महत्या नभइ हत्या गरिएको धेरै संभावना रहेको रिपोर्ट दिएका थिए ।
गत जुन ३ मा नायीका जिया खान झुण्डिरहेको अवस्थामा आफ्नै जुहु स्थित अपार्टमेन्टमा भेटिएकी थिइन्।

हेरौ जियाको मृत्यपछी खिचिएका तस्विरहरु..
jiah-khan-death-body-photos-after-suicide2

jiah-khan-death-body-photos-after-suicide2 jiah-khan-death-body-photos-after-suicide2 jiah-khan-death-body-photos-after-suicide2 jiah-khan-death-body-photos-after-suicide2