poonam-pandeyपूनम पाण्डेले नयाँ वर्षको पार्टीका लागी आफ्नो फिस तोकेकी छिन् । उनले आफूले सो दिनको एक रातको लागी १ करोड भारतीय रूपैयाँ अर्थात् १ करोड ६० लाख लिने बताएकी छिन् ।

पूनम पाण्डेले नयाँ वर्षमा केही स्थानहरूमा कार्यक्रम प्रस्तुत गर्दैछिन् । यसका लागी उनले आफ्नो फिस तोकेकी हुन् । उनको उक्त फिस धेरैको पहुँच बाहिरको भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतीय सञ्चारमाध्यमहरूले जनाए अनुसार एक रातको एक कार्यक्रमका लागी उनले १ करोड भारतीय रूपैया मागेकी छिन् ।

उनले आफूले भनेजति रकम पाए हिट बलिउड गीतहरुमा नाच्ने बताएकी छिन् । उनलाई एक रातको लागी यति ठूलो रकम दिन कोही तयार हुन्छ या हुँदैन त्यो थाहा पाउन भने कुर्नै पर्ने हुन्छ ।