poonam at nasha 6चलचित्र नशाबाट नायीकाको रूपमा बलिउडमा प्रवेश गरेकी नायीका पूनम पाण्डेलाई बोल्ड तथा बेड सिन दिन कुनै गाह्रो नलाग्ने बताएकी छिन् । उनले नशामा दिएका रोमान्सका सिनहरूले आफूलाई कुनै अप्ठ्यारो नपारेको बताएकी छिन् । उनले भनिन्, ‘चलचित्र सुटिङका क्रममा मैले निकै रमाईलो गरे ।’ उक्त दृश्य दिँदा आफुलाई कुनै अश्लिल सिन दिएको जस्तो नलागेको समेत उनको दावी छ ।

उनले नशाका निर्देशक अमित सक्सेनासँगको कामका विषयमा बोल्दै आफुले उनले निर्माण गरेको चलचित्र आफू स्कुल पढ्दा नै हेरेको र पहिलो चलचित्रले नै आफुलाई सक्सेनाको काम निकै राम्रो लागेको बताएकी छिन् । उनले भनिन्, ‘मैले सोचेको पनि थिइन् की म उनै अमित सक्सेनासँग चलचित्रमा काम गर्नेछु ।’  सक्सेनाले आफूलाई यस चलचित्रमा निकै फरक तरिकाले प्रस्तुत गरेको बताएकी छिन् ।

उनले पत्रकारले सोधेको एक प्रश्नमा आफुलाई बुढा मानिस मन पर्ने बताएकी छिन् । उनले बुढा मानिसहरू इमान्दार तथा व्यवहारिक हुने साथै माया गर्ने र आफ्नो ख्याल गर्ने हुनाले बुढा व्यक्ति मन पर्ने बताएकी हुन् । आफूलाई बेला-बेलामा जिस्किने, आफूलाई जिस्क्याउने खालको मानिस मनपर्ने बताइन् । उनका अनुसार आफूले कहिल्यै पनि एक पूर्ण व्यक्ति पाउने आशा नगरेको बताएका छन् ।