pot bellyएक अध्ययन अनुसार पेट ठुलो हुने मानिसहरूलाई मुटु रोग र क्यान्सर लाग्ने खतरा हुने देखाएको छ ।

अमेरिकी अनुसन्धानकर्ताहरूले करिब ३ हजार मानिसमा गरेको अनुसन्धानबाट यस्तो निष्कर्ष निकालेको हो । उक्त अनुसन्धानका लागि अनुसन्धानकर्ताहरूले करिब ७ वर्ष लगाएका थिए । उनीहरुले ठूलो भूडी हुने मानिसहरूले गर्ने स्वास्थ्य परिक्षण तथा बिरामीका लक्षणहरूका बारेमा अनुसन्धान गरेर यस्तो निष्कर्ष निकालेका हुन् ।

अमेरिकन कलेज अफ कार्डियोलोजीका अनुसन्धानकर्ताहरुले निकालेको एक प्रतिवेदनमा ठूलो पेट हुनेहरूमा मुटु रोग र क्यान्सरको खतरा मोटो मान्छेको भन्दा पनि बढी हुने बताइएको छ । पेट ठूलो हुने मानिसहरुमा पेटमा निस्किने केमिकल्सका कारण पेट ठूलो हुने मानिसहरूमा क्यान्सर र मुटु रोगको समस्या बढी देखीने गर्छ । पेटबाट निस्किने केमिकल्स र शरिरको अन्य भागबाट निस्किने केमिकल्सको तुलनामा पेटबाट निस्किने केमिकल्सनै बढी खतरायुक्त हुने अनुसन्धानकर्ताहरूको निष्कर्ष छ ।