buddha-air३२ साउन, काठमाडौ । शुक्रबार साढे ८ बजेपछि वुद्ध एयरका कर्मचारीहरु तनावमा थिए । फोन गर्ने, अरु यात्रुलाई उडानका बारेमा जानकारी गराउने, विमानस्थल आन्तरिक उडानमा कर्मचारीहरुलाई चटारो थियो । त्यसको सबै कारण बनेका थिए एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।

शुक्रबार एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डका कारण वुद्ध एयरको उडान एकघण्टा प्रभावित बन्यो । वुद्ध एयरको ८५१ नम्बरको विमान बिहान साढे ८ बजे भैरहवाको उडानका लागि कार्यतालिमा राखिएपनि एमाओवादी अध्यक्ष प्रचण्ड साढे ९ बजे मात्रै विमानस्थल पुगेका थिए । एमाओवादी अध्यक्ष प्रचण्ड ढिला गरि विमानस्थलमा पुग्दा बुद्ध एयरका सबै उडान प्रभावित बनेको एक अधिकारीले बताए ।

एउटा उडानमात्रै डिले हुँदा त्यसको प्रभाव अरू उडानमा पनि पर्छ ती अधिकारीले नेपालीहेडलाइन्ससँग भने, अब आज दिनभरीका सबै उडान केही समय प्रभावित बन्ने देखिएको छ । प्रचण्ड विमानस्थलमा ढिला पुग्दा त्यसै विमानमा भैरवा जान लागेको नेकपा माओवादी सचिव देवप्रसाद गुरुङले पनि सास्ती खेपे ।

उनी उडान प्रभावित गरेकोमा प्रचण्ड प्रति आक्रोस पनि पोखिरहेका थिए । ‘एउटा व्यक्तिका कारण यतिका यात्रुलाई दुःख दिने कुरा चै राम्रो भएन नी’ उनी निजिकै रहेकाहरुसँग गुनासो गरिरहेका थिए ।

प्रचण्डका सहयोगी शिव खकुरेलले बिहानको भेटघाटका कारण केही समय ढिला भएको स्वीकार बताए । प्रचण्डको पार्टीको आन्तरिक कार्यक्रममा भाग लिन भैरहवा हुँदै बुटवल पुगेका छन् ।