rambaran yadav८ भदौ, काठमाडौ । राष्ट्रपति डा रामवरण यादवसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय जनता पार्टीका नेता रविशङ्करले आज शीतलनिवासमा भेटघाट गरेका छन् ।

भेटपछि नेता शङ्करले भेटका बारेमा सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन् । उनले आजै एकीकृत नेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता केपी शर्मा ओली र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग पनि भेट गर्नुभएको बताइएको छ ।

भाजपा नेता रविशङ्कर नेपाल–भारत विकास मञ्चको कार्यक्रममा सहभागी हुने सिलसिलामा शुक्रबार नेपाल आएका थिए । रासस