biteka palचलचित्र ‘बाटोमुनीको फूल’को अपार सफलतापछी बिग प्रोडक्सन हाउसले निर्माण गरेको दोस्रो चलचित्र बितेका पलको प्रोमो आज सार्वजनिक गरिएको छ । बाटोमुनीको फूलपछी निकै चर्चा बटुलेका निर्देशक सुरज सुब्बा नाल्बोद्धारा निर्देशित चलचित्र ‘बितेका पल’को ३ मिनेट २९ सेकेण्ड लामो प्रोमोशनल भिडियो आज सार्वजनिक गरिएको हो । चलचित्रको प्रोमो भने मात्र १ मिनेट ४३ सेकेण्डको रहेको छ भने उक्त प्रोमोमा नयाँ प्रयोगस्वरूप अगाडिकै प्रोमोलाई बाँकी समय पनि प्रस्तुत गरिएको छ । यस प्रोमोले दर्शकलाई केही नयाँ स्वाद दिने निर्माता राजेश घतानीको भनाई छ ।

चलचित्र आगामी पुष २६ गतेबाट देशभरबाट रिलिज गर्ने तयारी गरिएको निर्माता घतानीले बताए । चलचित्र ‘बितेका पल’मा दार्जीलिङको मनोरम दृश्यहरू कैद गरिएको छ ।  

कृष रिजाल र राजेश घतानीको संयुक्त लगानीमा निर्माण भएको यस चलचित्रमा नायक तथा गायक बाबु बोगटीको मुख्य अभिनय रहेको छ भने चलचित्रमा दार्जिलिङका अविनाश गुरूङले पहिलोपटक नेपाली चलचित्रमा पाइला टेक्दैछन् भने चलचित्रमा आकाश बाबु खवास, इन्दु सुब्बाको पनि अभिनय देख्न पाइन्छ ।

निर्माता राजेश घतानीका अनुसार यस चलचित्रमा क्यामरा पछाडि तथा क्यामरा अगाडि १० जना नयाँ अनुहारले काम गरेका छन् । यस चलचित्रको संगित बाबु बोगटी, डम्बर नेपाली, रोशन लामाले दिएका छन् भने चलचित्रको नृत्य निर्देशन गरेका छन् शंकर बिसी, अर्जुन गौतम र पेमा लामाले । यस चलचित्रलाई क्यामरामा कैद गरेका छन्, हरी लामाले । यी सबैले पहिलो पटक चलचित्र ‘बितेका पल’ मार्फत आफ्नो कला देखाउने अवसर पाएका हुन् ।

यसो त बाटोमुनीको फूलमा पनि नयाँ अनुहारहरू कै वर्चश्व थियो ।

{source}
<iframe width=”560″ height=”315″ src=”//www.youtube.com/embed/hN8cP6xO7Ak” frameborder=”0″ allowfullscreen></iframe>
{/source}