promise-dayभ्यालेन्टाइन डेमा आफ्ना प्रेमी-प्रेमीकालाई प्रेम प्रस्ताव राख्ने गरिन्छ । आफ्ना भ्यालेन्टाइनलाई प्रेम दर्शाउने, तथा निकै लामो समयसम्म पनि भन्न नसकेको आफ्नो प्रेमलाई प्रष्फुटन गर्ने दिनको रूपमा समेत भ्यालेन्टाइन डेलाई लिइन्छ ।

 

भ्यालेन्टाइन डेका दिन पनि कुनै निश्चित समयमा प्रेम प्रस्ताव राख्नु निकै उपयुक्त मानिन्छ । भ्यालेन्टा‍इनमा प्रेम प्रस्ताव राख्ने समय भने आफ्नो भ्यालेन्टाइनको राशी अनुसार फरक पर्ने बताइएको छ । राशी अनुसार नै फरक-फरक समयमा प्रेम प्रस्ताव गर्न उपयुक्त हुने बताइएको छ । कुन राशीका भ्यालेन्टाइनलाई कतिबेला प्रेम प्रस्ताव राख्ने थाहा पाऔ…

 

– मेषः यदी आफ्नो भ्यालेन्टाइनको राशी मेष हो भने उनलाई १० बजेदेखी दिउँसो २ बजेसम्म प्रेम प्रस्ताव राख्नु निकै राम्रो मानिएको छ । यो समयमा गरिने प्रेम प्रस्तावले सफलता दिने बताइएको छ । उक्त समय रातो गुलाब वा रातो रंगको अन्य केही उपहार दिनु राम्रो मानिन्छ ।

 

– वृषः यदी वृष राशीको भ्यालेन्टाइनलाई प्रेम प्रस्ताव राख्ने सोचमा हुनुहुन्छ भने दिउसो १२ बजेभन्दा पहिले प्रेम प्रस्ताव गर्नु उपयुक्त मानिन्छ । प्रेम प्रस्ताव राख्ने समयमा सेतो, चाँदी रंगको या गुलाबी रंगको कुनै उपहार दिनु राम्रो मानिएको छ ।

 

– मिथुनः मिथुन राशीका मानिसहरू प्राय धेरै सोच-विचार गर्ने खालका हुन्छन् । उनीहरू चाडै कसैलाई पनि विश्वास गर्दैनन् । मिथुन राशीका भ्यालेन्टाइनलाई प्रेम प्रस्ताव राख्दा १२ देखी १:३० को बीचमा राख्नु राम्रो हुने बताइएको छ । तर, यी राशिका भ्यालेन्टाइनसँग सकेसम्म सोझो बन्ने प्रयास नगर्नु राम्रो हुन्छ । उपहार दिँदा सकेसम्म हरियो रंगको कुनै सामान दिनु राम्रो हुन्छ ।

 

– कर्कटः कर्कट राशीका भ्यालेन्टाइनलाई प्रेम प्रस्ताव राख्नका लागि २ बजेदेखी ४ बजेबीचको समयलाइ निकै उत्तम मानिएको छ । प्रेम प्रस्ताव राख्दा रातो, गुलाबी रंगको गुलाब दिनु राम्रो हुन्छ भने चम्किलो सेतो रंगको कुनै उपहार दिनु पनि राम्रो मानिन्छ ।

 

– सिंहः यो राशीका भ्यालेन्टाइनलाई बिहान ९ देखि १०:३० बजेभित्र प्रेम प्रस्ताव राख्नाले सफलता पाउन सक्ने सम्भावना उच्च रहेको छ । यस दिनमा भ्यालेन्टाइनलाई पहेलो रंगको सामान उपहार दिनु राम्रो हुन्छ ।

 

– कन्याः कन्या राशीका भ्यालेन्टाइनका लागि भ्यालेन्टाइनको दिन निकै यादगार हुने गर्छ । यो राशिका भ्यालेन्टाइनलाई ११ बजेदेखि १२ बजेसम्म प्रेम प्रस्ताव राख्नु राम्रो मानिन्छ ।

 

– तुलाः यो राशिका मानिसहरू प्राय रोमान्टिक र खुला दिलका हुन्छन् । यीनिहरूलाई आफूजस्तै रोमान्टिक व्यक्ति मन पर्छ । यीनिहरूलाई उपहार दिन र लिन निकै मजा आउने गर्छ । यो राशीका भ्यालेन्टाइनलाई बिहान ९ बजेदेखी १०:३० बजेसम्म प्रेमप्रस्ताव राख्दा राम्रो हुन्छ ।

 

– वृश्चिकः यी राशीका भ्यालेन्टाइनलाई १ बजेदेखी ४ बजेसम्म प्रेपोज गर्नु राम्रो हुन्छ ।

 

– धनुः भ्यालेन्टाइनका दिन तपाईका लागि प्रेम र नयाँ सन्देश लिएर आउनेछ । भ्यालेन्टाइनको दिनबाट तपाईबाट टाढा रहन चाहनेहरू नै प्रेम गर्न थाल्ने योग रहेको छ । भ्यालेन्टाइनका दिन सकेसम्म ११ देखि १ बजेसम्म प्रेम प्रस्ताव राख्नु उपयुक्त हुन्छ ।

 

– मकरः भ्यालेन्टाइन डेका दिन १२ देखी २:३०को बीचमा आफ्नो प्रेम प्रस्ताव राख्दा प्रेममा सफलता पाइने बताइएको छ । यस दिनमा चाँदी वा हिराको गहना उपहार दिनु राम्रो हुन्छ ।

 

– कुम्भः भ्यालेन्टाइनका दिन प्रेम प्रस्ताव राख्दा यी राशीका भ्यालेन्टाइनलाई रातो गुलाबको फूल दिनु राम्रो मानिन्छ भने प्रेम प्रस्ताव गर्नेर समय २ बजेदेखि ४ बजेभित्रको समय राम्रो मानिएको छ ।

 

– मीनः यी राशीका भ्यालेन्टाइनलाई बिहान १० बजेदेखी १२ बजेका बीचमा पहेलो गुलाब दिएर प्रेम प्रस्ताव गर्दा सफलता पाउन सकिने बताइएको छ ।