१० साउन, काठमाडौ । प्राज्ञ रमेश रञ्जन झा एकीकृत माओवादी प्रवेश गरेका छन् । नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानका प्राज्ञ झा एमाओवादी प्रवेश गरेका हुन् ।

एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रञ्जनलाई माओवादी प्रवेश गराएका हुन् । जनकपुरका स्थायी बासिन्दा झा हालै एमाओवादी प्रवेश गरेका एमाले नेता रामचन्द्र झा निकट मानिन्छन् । हिजो नै उनी एमाओवादी प्रवेश गर्ने कार्यक्रम राखिएकोमा कम्युनिष्ट संस्थापक नरबहादुर कर्मचार्यको निधनका कारण आजलाई सारिएको थियो ।