katrina-ranbirरणवीर कपुरले कमाउने मामलामा एउटा नयाँ रेकर्ड कायम गरेका छन् । उनले ४ दिनको लागी ४० करोड रूपैयाँ लिएका छन् ।

रणवीर कपुरले एक विज्ञापनसँग गरेको सम्झौतामा उक्त रकम पाउने भएका छन् । एक चिप्स ब्राण्डको विज्ञापनका लागि उनले उक्त रकम लिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उक्त ब्राण्ड एक दुई जना एम्बेस्डरका कारण निकै चर्चामा रहेको सञ्चारमाध्यमहरूले जनाएका छन् । रणवीर भन्दा अगाडि एक अर्का अभिनेतासँग कुराकानी भएपनि उनीसँगको कुरा अगाडि नबढेपछी रणवीर कपूरलाई कम्पनीले सम्झौता गराएको हो ।

रणवीरले यस कम्पनीको विज्ञापनका लागि चाँडै नै सुटिङ गर्ने बताइएको छ । रणवीरले उक्त विज्ञापनबाहेक अन्य स्थानमा पनि आफ्नो आवश्यकता भएका ठाऊँमा उपस्थित हुने बताएका छन् ।

अनौठोको कुरा त के छ भने यो ब्राण्डका इम्बेसडर सलमान खान हुन् । रणवीरकी प्रेमीका कट्रिनाका पूर्व प्रेमीका साथमा रणवीरले काम गर्न लागेका छन् । कट्रिनाका पूर्व प्रेमी र वर्तमान प्रेमी एकै ब्रान्डका लागी हिड्ने भएका छन् ।