ranbir kapoor and katrina kaifअहिले बलिउडमा नायक रणवीर कपुर र नायीका कट्ररिना कैफको प्रेम सम्बन्धको चर्चाले निकै ठाऊँ लिइरहेको छ । यी दुईबीचको प्रेम सम्बन्ध निकै गाढा बन्दै गएको र रणवीर कपुर कट्रिनाको प्रेममा निकै डुबेको समेत भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

रणवीर सकेसम्म कट्रिनाको साथमा रहने प्रयत्नमा रहने र कट्रिनाले पनि सकेसम्म रणवीरलाई समय दिने गरेको बताइएको छ । भारतका केही सञ्चारमाध्यमहरूले रणवीर पूर्व प्रेमीका दिपीका पादुकोणतिर नै फर्किएको बताइएपनि पछिल्ला घटनाक्रम र रिपोर्टमा भने रणविर कट्रिनाको प्रेममा पूर्ण रूपमा डुबेको बताइएको छ ।

रिपोर्टमा रणवीरले दिपीकालाई वेवास्ता गर्ने गरेको र उनीबाट सकेसम्म टाढा रहन चाहेको बताइएको छ ।