katrina-ranbirरणवीर कपुर र कट्रिना कैफ अहिले बलिउडमा चर्चाको जोडी बनेका छन् । रणवीरको नामका साथ कट्रिनाको नाम पनि सँगै आउने गरेको छ । यी दुईको प्रेमसम्बन्धलाई लिएर थुप्रै टिकाटिप्पणी र गसिपहरू पनि चल्ने गरेका छन् । यी दुई एक-अर्कालाई छोड्नै नसक्ने अवस्थामा पुगेको समाचार समेत बारम्बार आउने गरेका छन् ।

तर, यी दुईले भने अहिलेसम्म आफुहरूलाई एक प्रेम जोडीको रूपमा सार्वजनिक रूपमा केहि खुलाएका छैनन् । यी दुईले आफुहरू प्रेमसम्बन्धमा रहेको कुरालाई आजसम्म खलाएका छैनन् ।

रणवीरले कट्रिनासँगको प्रेमसम्बन्धलाई आफ्नो जन्मदिनका दिन सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ । उनले आफ्नो जन्मदिनका दिन कट्रिनालाई प्रेमप्रस्ताव राख्ने तयारी गरिरहेको समाचार भारतीय सञ्चारमाध्यमहरूले प्रकाशित गरेका छन् । रणवीरले आगामी सेप्टेम्बर २८ तारिख अर्थात् उनको जन्मदिनका दिन सार्वजनिक रूपमै कट्रिनालाई प्रेमप्रस्ताव राख्ने तयारी गरेको बताइएको छ ।

रणवीरको यो निर्णयलाई परिवारका सदस्य समेत खुसी रहेको बताइएको छ । यस्तै, रणवीर उक्त समयमा आफ्नो चलचित्र बेशरमको प्रचारमा पनि व्यस्त रहनेछन् ।

यता कट्रिना अहिले आफ्नी बहिनीको विवाहमा व्यस्त छिन् भने रणवीर श्रीलंकामा बम्बई भेल्भेट चलचित्रको सुटिङमा व्यस्त छन् ।