२६ फागुन, काठमाडौ । बाबुआमाका लागि सबैभन्दा ठूलो जित आफ्नो सन्तानलाई मृत्युको मुखबाट फर्काउन सक्नु जस्तो ठूलो केही नहोला । हो, रामेछापका सूर्य सुबेदीलाई यस्तै भएको छ । बच्चा गर्भमा रहँदै विश्वमै विरलै देखिने रो उहाँको बच्चामा देखियो । बच्चा जन्मियो तर नाम चलेका अस्पतालका चिकित्सकहरुले उपचार सम्भवै छैन भने ।

विश्वका सुविधासम्पन्न अस्पतालहरुले समेत उपचार गर्न सकिन्न भनेको बिरामीको उपचार वीर अस्पतामै गरेर नसा रोग विशेषज्ञ डा. के आई सिंहले १४ महिनाको बालकलाई नयाँ जीवन दिएको खबर आजको नेपाल समाचारपत्रले प्रकाशित गरेको छ ।

विश्वको धनी मानिएको मुलुक अमेरिकाको न्युयोकएमा रहेको अस्पताल बोस्टन चिल्ड्रेनले समेत उपचारका लागि १ लाख डलर लाग्ने र सो रकम तिर्न नेपालीले सक्दैनन् भनेर अपहेलित गरेको थियो भने भारतको अल इन्डिया मेडिकल इन्स्टिच्युटले ४० लाख भारु लाग्ने बताएको थियो ।

उक्त समस्या लिएर गएका बिरामीका अभिभावकको गुनासो सुनेपछि डा. सिंहले चीनका प्रा. डा. श्रीसनसँग तत्काल परामर्श गरी उहाँकै नेतृत्वमा रहेको तीन सदस्यीय टोली वीर अस्पताल आएर सिंहको नेतृत्वमा ११ घण्टा लगाएर सफलताका साथ शल्यक्रिया गरिएको थियो ।

गर्भमै ३६ हप्ताको हुँदा बच्चाको टाउकोको नसा फुलेर बेलुन जस्तो भएको (भेनस ग्यालेनमाल पर्मेसन) भन्ने दुर्लभ रोग लगेको र उपचार हुन् सक्दैन भनी नाम चलेका डाक्टरले काठमाण्डौमा कति रोपनी जग्गा छ भनेर सोधेका र जग्गा छैन भनेपछि उपचार सम्भव छैन भनी आफुलाई फर्काएको लसताका पिता सूर्य सुवेदीले बताए ।