red panda२५ फागुन,काठमाडौ। दुर्लभ रेडपाण्डा राजधानी भित्रिएको छ, अब सर्वसाधारणले संसारमै विरलै भटिने रेड पान्डलाइ काठमाडौंको सदर चिडियाखानामा देख्न पाउनेछन् । करिब २५ वर्षपछि सदरचिडियाखानामा रेड पाण्डा ल्याइएको हो। २०४५ मा चिडियामा भएको रेडपाण्डा मरेयता पहिलोपटक रेडपाण्डा ल्याइएको हो।
बिहिबार गौरीशंकर संरक्षण क्षेत्रबाट ल्याइएको यो रेडपाण्डा बिरामी अवस्थामा रहेको छ। यसलाई एक महिनासम्म क्वारेनटाइनमा राखेर उपचार गरिनेछ। त्यसपछि मात्रै चिडियाखानमा सर्वसाधारणलाई हेर्ने व्यवस्था मिलाउने बताइएको छ।
यो रेडपाण्डा गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने रामेछाप चुचुरे गाविस- २ धौले गज्र्याङ बुधबार बिरामी भई हिंड्न नसक्ने अवस्थामा भेटिएको थियो।
त्यसपछि संरक्षणक्षेत्रले सदर चिडियाखानलाई खबर गरकेो थियो, खबरपछि एम्बुलेन्समा हालेर रेडपाण्डा काठमाडौं ल्याइएको थियो।
नेपालमा ३५० जति रेडपाण्डा रहेको छ भने संसारभरि करिब १० हजार रेडपाण्ड भएको तथ्याङग छ। रेडपाण्डमा जोखिममा रहेको प्रजातीमा पर्दछ।