नेपाली चलचित्रकी नम्बर १ नायीका रेखा थापा संविधानसभाको दोस्रो निर्वाचनअघि राजनीतिमा आएर सबैको ध्यान तान्न सफल भएकी थिइन् । चलचित्र क्षेत्रलाई छाडेर राजनीतिमा होमिएकी नायीका रेखा थापाले राजनीतिमा पनि केहि गर्न सक्ने अवस्था नदेखेपछी रेखा थापा फाउण्डेशन नामक संस्थाको सुरूवात गरेर सामाजिक सेवामा अघि बढ्ने सोच बनाएकी छिन् । अहिले उनी सोही फाउन्डेशनमार्फत समाजसेवाको बाटोमा हिड्दै छिन् ।

केही दिनअघि सुर्खेतको राउटे बस्तिमा पुगेर निकै चर्चामा आएकी नायीका रेखाले उक्त फाउन्डेशनमार्फत कतारमा ज्यान गुमाएका एक व्यक्तिका परिवारलाई राहत वितरण गरेकी छिन् । राउटेलाई चामल तथा अन्य खाद्यान्न बाड्न जाँदा राउटेलाई किस गरेर निकै चर्चामा आएकी नायीका रेखा थापाले आफ्नो उक्त फाउन्डेशनको औपचारिक सार्वजनिकिकरण गर्दै उक्त कार्यक्रम मार्फत नै कतारमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेकी हुन् ।

दाङको धर्ना तिलकबहादुर विकका दम्पतिलाई ५० हजार रूपैयाँ सहयोग गरेकी छिन् । तिलक र बसन्तीका छोरा गणेशले केहि महिनाअघि कतारमा ज्यान गुमाएका थिए ।

rekharekha rekha rekha rekharekharekha