२३ पुष, काठमाडौ। भारतीय जनता पार्टीले विश्वव्यापी रूपमा रहेका प्रवासी भारतीयको भेला गरेको थियो । प्रवासी भारतीय दिवसका अवसरमा भाजपाले गरेको कार्यक्रममा नेपालका चर्चित पत्रकार ऋषी धमालाको समेत उपस्थिति थियो ।

उक्त कार्यक्रममा राजनाथ सिंह, प्रतिपक्षका राज्य सभाका अरूण जेट्ली, लालकृष्ण आणवानी, बेन्कैया नायडु लगायतका नेताहरूको उपस्थिति थियो । उक्त कार्यक्रममा करिब २५ देशका करिब १ सय ८० जना प्रवासीहरू उपस्थित थिए ।

सोही कार्यक्रममा देखिएका नेपालका चर्तित पत्रकार ऋषी धमला पनि प्रवासी भारतीयहरूको बीचमा देखिएका छन् । नेपालमा मिडियामा आउन निकै रूचाउने धमला भारतीय प्रवासीको रूपमा त्यहाँ देखिएका हुन् । नेपाली सञ्चारमाध्यममा सबैभन्दा अगाडि देखा पर्ने उनी भारतीय प्रवासीहरुको कार्यक्रममा समेत निकै अगाडि देखिएका थिए ।

बेलायतको चर्चित समाचार अनलाइन डेलि मेलले धमलालाई प्रवासी भारतीयको रूपमा चित्रण गरेको छ । प्रवासी भारतीयहरूको साथमा रहेका धमलालाई डेलि मेलले भारतीय प्रवासी बनाइदिएको हो । उनी रहेको तस्विर राखेर भारतीय प्रवासीहरूको उपस्थिति भनेर डेलि मेलले जनाएको छ । धमला सबैभन्दा अगाडि रहेको तस्विरमात्र प्रकाशित गरेर डेलि मेलले धमलालाई पक्का प्रवासी भारतीयको रूपमा चित्रण गरेको छ

rishi dhamala at indian NRI row