tribhuvan-airport-runway३२ साउन, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको रन वे फेरि भत्किएको छ । विमानस्थलको रन वे भत्किएपछी अवतरण हुन लागेका विमानहरू समेत डाइभर्ट गरिएको छ ।

रन वे भत्किएपछी आज दिउँसो करिब २ बजेबाट उडान तथा अवतरण अवरूद्ध भएको छ । रन वे भत्किएपछी आधा घण्टाका लागी विमानस्थल बन्द गरिएको छ । बिमानस्थलको सी र डी ईन्टरसेक्सन बीचको रन वे भत्किएको हो । आईतबार दिनअघि मात्र रन वे भत्किदा अवरुद्ध ४५ मिनेट अवरुद्ध भएको बिमानस्थल आज पनि आधा घण्टाको लागि बन्द गरिएको छ ।

रन वे भत्किएपछि अवतरण गर्न नपाएका कारण विमानहरू आकासमा नै अलपत्र परेका छन् ।