saltहामीमध्ये धेरैलाई थाहा छ शरिरमा नुनको मात्रा बढी हुँदा यसले शरिरमा विभिन्न किसिमका विकारहरु ल्याउने गर्छ । नुनको मात्रा अत्याधिक प्रयोग गर्ने कारणले विश्वमा वर्षेनी करिब २ लाख ३० हजार मानिसहरूको ज्यान जाने तथ्य सार्वजनिक भएको छ ।
अमेरिकन हर्ट एसोसियसनले गरेको अनुसन्धानबाट यस्तो पत्ता लागेको हो । विश्वमा वर्षेनी मृत्यु हुने मानिसहरूमध्ये १५ प्रतिशत मानिसको ज्यान अत्याधिक नुन सेवनका कारण हुने हृदयघात तथा अन्य मुटु रोगका कारण जाने गरेको एशोसियसनले जनाएको छ । यस्तै हवार्ड विश्वविद्यालयले गरेको अर्को अध्ययनमा बढी गुलियो खाँदा ज्यान गुमाउने मानिसहरूको संख्या पनि त्यतिकै रहेको बताइएको छ । गुलियो बढी मात्रा खाएर वर्षेनी १ लाख ८० हजार मानिसले ज्यान गुमाउने गरेका छन् ।
अनुसन्धानको प्रतिवेदन सार्वजनिक गर्ने क्रममा नुनमा पाइने सोडियमको मात्रालाई कम गर्न सके लाखौ मानिसको ज्यान जोगाउन कसिने बताइएको छ । यस्तै गुलियो पदार्थमा हुने शरिरलाई बेफाइदा पुर्याउने पदार्थको प्रयोग पनि कमी ल्याउनुपर्ने बताइएको छ ।