५ साउन, काठमाडौ । इराकमा भएको श्रृखंलाबद्ध आक्रमणमा कम्तिमा ३४ जनाको ज्यान गएको छ भने १ सय भन्दा घाइते भएका छन् ।

इराकको पूर्वी तराज्य दियालामा भएको बम बिस्फोटमा कम्तिमा २६ जनाको ज्यान गएको छ भने ८० भन्दा बढी घाइते भएका छन् । मुस्लिम समुदायको प्राथर्नाका समय उक्त बिस्फोट भएका कारण उक्त घटनामा धेरै मानिस हताहत भएको बताइएको छ ।

यस्तै, शुक्रबार बिहान मक्दादियाह शहरमा गरिएको बम बिस्फोटमा १ जनाको ज्यान गएको थीयो भने अन्य २ जना घाइते भएका थिए । यसैगरी इराकका अन्य विभिन्न ठाऊँमा भएको बम आक्रमणमा अन्य ७ जनाको ज्यान गएको र २० भन्दा बढी मानिस घाइते भएको बताइएको छ ।