shahrukh-khan-gauri-khanबलिउडका स्टार नायक शाहरूख खान अहिले तेस्रो सन्तानको सुख भोगिरहेका छन् । उनले आफ्नो तेस्रो सन्तानको नाम अबराम राखेका छन् । मंगलबार शाहरूख खानले आफ्नो नयाँ सन्तानका साथ घर फर्किएका थिए । मुम्बई आएपछी उनले आफ्नो तेस्रो सन्तानको नाम अबराम राखेका हुन् । उनले घर फर्कने क्रममा आफूले सन्तान जन्मिनु अघि सन्तानको लिङ्ग परिक्षण गरेको आरोपको खण्डन गरेका छन् ।

शाहरूखले लिङ्ग परिक्षण गरेको विवाद भन्दा पहिले नै आफ्नो तेस्रो सन्तानको जन्म भइसकेको बताएका छन् ।

अबराम हिब्रु शब्द हो यसको अर्थ हुन्छ ‘महान् पिता’ । बाइबलका अनसुार यो अब्राहमको मूल नाम अब्राम थियो, तर पछी ईश्वरले उक्त नामलाई ‘अब्राहम’ राखिदिएका थिए ।