१२ जेठ, काठमाडौं।

विराटनगरका युवाहरुले सञ्चालनमा ल्याएको श्रीयोग डट कम अहिले चर्चामा छ। वेरोजगारीले शिखर छोएको यो समयमा आफ्नै सीप र अनुभवको उचित प्रयोग गरी सजिलै आजआर्जन गर्न सकिने वातारवण श्रीयोगले सम्भव बनाइदिएको छ।

‘समय पैसा हो, खेर नफालौ – रोजगार बनौ’ भन्दै युवाहरुले सुरु गरेको श्रीयोगमा तपाइले आफूलाई सूचिकृत गर्न सक्नुहुनेछ। आफ्नो क्षमता र सीप उल्लेख गरेर यसमा आबद्ध भएसंगै तपाइलाई रोजगारीको अवसर आउन थाल्छ।

कसरी रजिस्टर गर्ने ?
वेबपोर्टलमा विभिन्न पेशा/काम सूचीबद्ध गरिएको छ। आफ्नो नाम, ठेगाना, मोबाइल नम्बर अनि आफुले गर्न सक्ने कामको विवरण उल्लेख गरेर तपाइ यसमा आबद्ध हुन सक्नु हुन्छ।

यो लिङ्कमा जानुस, एउटा फर्म खुल्नेछ। जहाँ तपाइले आफ्नो जानकारी उल्लेख गर्न मिल्नेछ।

नाम, ठेगाना, फोन नम्बर र आफ्नो अन्य विवरण उल्लेख गरेपछि, तपाइले आफुले गर्न सक्ने वा जानेको सिप छान्नसक्नुहुनेछ।

त्यसपछि आफुले काम गर्न सक्ने स्थान छान्न मिल्नेछ।

र अन्तमा फोटो अपलोड गर्ने ठाउँ छ। त्यसपछि I agree to the Terms of Service मा टिक मार्क लगाएर ‘Submit’ बटन क्लिक गरेपछि तपाइ श्रीयोग संग आबद्ध हुनुहुनेछ।

त्यसपछि के हुन्छ?

वेवपोर्टलमा विभिन्न प्रकारकार कामहरु सूचीबद्ध गरिएका छन्। जस्तै ड्राइभर, टिउसन पढाउने, कार्पेट हाल्ने, कम्प्युटर बनाउने, ग्यास डेलिभरी, डेरा सार्ने, डेलिभरी गर्ने, टाइपिस्ट आदी आदी।

यदी कसैलाई सेलरोटी पकाउने मानिस चाहिए उसले कहाँ खोज्छ? गुगल, फेसबुक लगायत नेपालमा काम खोजिदिने चलनचल्तीका अन्य वेबसाइटहरुमा यी कामहरुको लागि मानिस भेट्न झण्डै असम्भव छ। यही असम्भव कुरा श्रीयोगले सम्भव बनाइदिएको हो।

जसलाई काम गर्ने व्यक्ति चाहिएको छ, उसले श्रीयोगले सूचीकृत गरेको कामको सूचीमा आफुलाई चाहिएको मानिस खोज्न सक्छ। हरेक कामको समुहमा, उपलब्ध व्यक्तिहरुको जानकारी सूचीकृत भएको हुनेछ। ती व्यक्तिहरु मध्ये आफ्नो ठाउँ नजिक भएको व्यक्तिलाई उसले कामको लागि सम्पर्क गर्नेछ।

श्रीयोग काम दिने र काम गर्ने व्यक्तिहरुबीचको सम्पर्क माध्यम हो। काम दिनेलाई काम गर्ने मान्छे सहजै भेटिने ठाउँ अनि काम गर्न सक्नेको लागि फूसर्दको समय आयआर्जन गर्ने माध्यम। श्रीयोगमा सूचीकृत हुन कुने उमेर हद छैन। बालक देखि वृद्धसम्मले श्रीयोग डट कमबाट सेवा लिन सक्दछन्।

श्रीयोगका संस्थापक प्रकाश उप्रेतका अनुसार श्रीयोगले वेबसाइट, मोबाइल एप्स, टोलफ्री नम्बर, एसएमएसको माध्यमबाट सेवा उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

साथै विदेशमा बस्नेहरुलाइ समेत सीपअनुसार काम खोज्ने प्लेटफर्म उपलब्ध गराउने उनी बताउँछन्। अहिले श्रीयोगले ५० मुख्य शहरहरुमा १०० सूमहमा १०० व्यक्तिहरुको विवरण राखेर ५ लाख व्यक्तिहरुलाई आंशिक रोजगारी दिने योजना बनाएको संस्थापक उप्रेतीले बताए।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस्