Cancer Knife४ साउन, काठमाडौ । चिकित्सकहरूले क्यान्सर भएको नभएको पत्ता लगाउने नयाँ प्रविधी पत्ता लगाएका छन् । चिकित्सकहरूले एउटा यस्तो चक्कुको निर्माण गरेका छन् जुन चक्कुले कोही मानिसलाई क्यान्सर भएको छ या छैन् भनेर थाहा दिन्छ ।

शल्यक्रियामा प्रयोग गरिने उक्त चक्कुले क्यान्सरको शंका लागेको भागको तन्तुको परिक्षण मगरी क्यान्सर भएको या नभएको बारे जानकारी दिन्छ । चिकित्सकहरूले क्यान्सरको शंका लागेको तन्तु काटेर निकाल्छन् र त्यसलाई तताउँछन् । तन्तु तताएपछी निस्किने धुँवाबाट उक्त तन्तुमा क्यान्सर लागेको छ या छैन् पत्ता लगाउने गरिन्छ ।

चक्कुले धुँवा आएपछी उक्त तन्तुमा क्यान्सर छ या छैन् भन्ने बारे जानकारी दिन्छ । चक्कुमा पहिलेदेखि नै राखिएको धुवाँको गन्धको सूचनाका आधारमा चक्कुले उक्त तन्तुमा क्यान्सर लागेको या नलागेको बारे जानकारी दिने गर्छ ।

चक्कुसँग जोडिएको मेसिनमा यदी क्यान्सर छ भने रातो बत्ति बल्छ, म यदी छैन् भने हरियो बत्ति बल्छ र छुट्टाउन सकेन भने पहेलो बत्ति बल्छ ।
यही आधारमा चिकित्सकहरूले मानिसको तन्तु झिकेको भागमा क्यान्सर छ या छैन् त्यो निर्णय गर्ने गर्छन् ।