sushil koirala२६ फागुन, काठमाडौ । भारतीय नेताहरूको एक टोली नेपाल भ्रमणको क्रममा छ । नेपाल भ्रमणमा आएको नेताहरूको टोलीले आज नेपाली कांग्रेसका सभापति शुसिल कोइराला र एकिकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।
भारतीय नेताहरूले दुवै नेतासँग नेपालको पछिल्लो राजनीतिक परिस्थिति र सहमतिका विषयमा छलफल गरेको बताइएको छ । दुवै नेतासँग उनीहरुले आफूहरूले नेपालमा स्थायित्व चाहेको बताएका छन् ।
भारतीय नेताहरूसँगको भेटमा शुशिल कोइरालाले भारतले एमाओवादीलाई सघाएको भन्दै रोस प्रकट गरेका थिए । उनले भारतले लोकतन्त्रवादी शक्तिलाई छाडेर एमाओवादीलाई सघाएको भन्दै भारतीय नेताहरूप्रति रोष प्रकट गरेको बताइएको छ । यस्तै उनले एमाओवादी यदी सत्तामा आउन सफल भयो भने उसले भारतलाई समेत दु:ख दिने चेतावनी दिएका छन् । एमाओवादी सत्ताको भोको भएको भन्दै उनीहरुले भारतलाई पनि आफ्नो स्वार्थका लागि मात्र प्रयोग गरिरहेको सत्ता पाएपछि भारतलाई समेत दु:ख दिने भन्दै सचेत रहन आग्रह गरेका छन् ।