SUSHIL-KOIRALA२४ चैत,काठमाडौ। कांग्रेस पार्टी भित्र थप शक्तिशाली हुने सपना देखेका पार्टी सभापति सुशिल कोइरालालाई ठुलो धक्का लागेको छ।
सभापति कोइरालाले सभापतिले निर्वाचित केन्द्रीय सदस्य संख्या बराबर आमन्त्रित केन्द्रीय सदस्य मनोनीत गर्न र बैठकमा सहभागी गराउन सक्ने अधिकार सहितको प्रस्ताव बिहिबारको केन्द्रिय समितिको बैठकमा राखेका थिए। यो प्रस्ताव पारित भएको खण्डमा सभापति कोइराला निकै शक्तिशाली बन्ने निश्चित थियो। उनले यो प्रस्ताव महामन्त्री कृष्ण सिटौला मार्फत राखेका थिए ।
तर कोइरालाको यो प्रस्ताव पारित हुन सकेन्। उनलाई उनि पक्षकै केही  नेताले धोका दिएको बुझिएको छ। वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका त सवै नेता उक्त प्रस्तावको विरोधमा थिए नै, कोइराला पक्षका भनिएका केही नेताले समेत कोइरालाको उक्त प्रस्ताव मानेनन् र  थप शक्तिशाली बन्ने कोइरालाको महत्वकांक्षा माटोमा मिल्यो।
उक्त प्रस्तवाको विरोध गर्नेहरुले कार्यसमितिको अधिकार कटौती गरी सभापतिलाई दिूदा केन्द्रीय नेतृत्व निरंकुश हुने तर्क दिएका थिए।
अघिल्लो महाधिवेशनले सभापतिय प्रणालीबाट पार्टीलाई सामूहिक नेतृत्वमा चल्ने  उल्लेख गर्दै उनीहरूले पुनः सभापतिलाई शक्तिशाली बनाउने नाउूमा निरंकुश बनाउन नसकिने बताएपछि कोइराला निराश भएका थिए भने देउवा पक्षधर नेता भने खुसी देखिएका थिए।
विवादका कारण राती अबेरसम्म चलेको बैठकले अन्य प्रस्ताव भने पारित गरेको छ ।
खिलराज  रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिनुपर्ने विषय राजनीतिक प्रस्तावमा समेट्नुपर्ने विषयले पनि बैठक तातेको थियो। नेता रामचन्द्र पौडेलेले बैठकमा १३ पृष्ठ लामो राजनैतिक प्रस्ताव राखेका थिए।
२२ केन्द्रिय सदस्यले शक्ति पृथकीकरण र न्यायपालिकाको स्वतन्त्रता रक्षाका लागि अन्तरिम चुनावी मन्त्रिपरिषद्का खिलराज रेग्मीले राजीनामा दिनुपर्छ भनी राखेको प्रस्ताव प्रस्तावमा समेट्न माग राखेका थिए। शुक्रबार बसेको केन्द्रिय समितिको बैठकले २२ नेताले उठाएको एजेन्डामाथि बैठकमा गम्भीर छलफल भएको र त्यसलाई पार्टीको सम्पत्तिका रूपमा स्वीकार गरिएको भन्दै प्रस्तावमा उल्लेख गर्ने सहमति भएको बुझिएको छ।