हामी सधै पैसाको पछाडि दौडिरहेका हुन्छौ । पैसाले हाम्रो जीवनको अवस्थालाई नै परिवर्तन गर्ने सामर्थ्य राख्छ । हामीमध्ये कतिपयलाई पैसा जोगाउने समस्याले सताएको पनि हुन सक्छ । पैसा जोगाउन नसक्दा भविष्यमा आइपर्ने आर्थिक समस्यासँग जुध्नका लागी समेत गाह्रो पर्छ । त्यसैले पैसा कमाउनका लागी हामी धेरै दौडिरहेका हुन्छौ तरपनि हामीले भनेजस्तो पैसा कमाउन र सुख सुविधामा रहन सक्दैनौ । milk

हामीमध्ये धेरैले तन्त्रमन्त्रमा पनि विश्वास गर्ने गर्छौ र के मान्छौ भने तन्त्र मन्त्रले चाँडै आफ्नो प्रबाव देखाउँछ । यदी तपाईले पनि तन्त्रको प्रयोग त्यो पनि दुधसँग गर्नु भयो भने तपाईलाई पैसाको कहिल्यै दुःख नहुने तान्त्रिक शास्त्रमा बताइन्छ । थाहा पाऔ तन्त्रको प्रयोग दुधमा कसरी गर्ने पैसा कमाउन या बचाउनका लागि…

– कुनै हप्ताको आइतबार एक गिलास दुध सुत्ने बेलामा सिरानीमा राखेर सुत्ने । यो कुरा याद राख्ने की उक्त दुध राती पोकीनु हुँदैन ।

– हरेक सोमबार आफ्नो नित्य कर्म सकेर शिव मन्दिर जाने र शिवलिङ्गमा काँचो दुध चढाउने ।

– सोमबार राती जब चन्द्रोदय हुन्छ, तब आफ्नो पलंगको चारै कुनामा चाँदीको किला ठोक्ने । स-साना किला बनाएर ठोकेपनि हुन्छ । यस्तो गर्नाले तपाईको नजिक भएको नकारात्मक उर्जा नष्ट हुन्छ र पैसाको समस्या टाढा जान्छ ।

– धनसम्बन्धी समस्यालाई हल गर्नका लागि गरेक बिहिबार पहेँलो कपडा लगाउनुस् । खानामा पनि पहेलो मिठाई नै खानुस् र पहेलो रंगको वस्तु नै दान गर्नुस् ।

– सकेसम्म पानी पिऊँदा चाँदीको भाँडामा पानी पिउने । यदी सम्भव छैन् भने चाँदीको औठी पानीमा डुबाएर खाने ।