agingआजकल धेरै मानिस निकै व्यस्त हुन थालेका छन् । जीवनमा निकै भागदौड गर्ने गर्दा मानिसले आफ्नो लागि समेत समय छुट्टाउन सकेका छैन् । यसरी गरिने भागदौडका कारण मानिसले आफ्नो स्वास्थ्य, शरिरको समेत ख्याल गर्न छाडेका छन् । यसरी लापरवाही गर्दा मानिसको शरिर तथा स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको छ ।
तर, यसरी भागदौडको जीवनमा सामान्य कुराहरू विचार गर्न सक्यौ भने हाम्रो शरिर स्वस्थ तथा निरोगी रहनुका साथै जवान पनि रहन सक्नु हुन्छ । आफूलाई जवान राखिरहनका लागि यी केही सामान्य कुराहरू विचार गर्नु उपयुक्त हुनेछ । थाहा पाऔ के-के छन् ती उपायहरू…

– गलत खानपानः असंयमित तथा अनियमित खानपानले स्वास्थ्य, उमेर तथा मानिसको जवानीलाई असर गर्छ । बढी मात्रामा जंक फुडको प्रयोग गर्नु आफ्नो शरिरलाई चाडै बुढो तथा रोगी बनाउनु हो । यसभन्दा हरियो सागसब्जी तथा फलफूल खाने गरे यसले जवान तथा स्वस्थ रहन मद्धत गर्छ । आजकल मानिसहरू सकेसम्म चिल्लो, गुलियो, पिरो खान रूचाउँछन् तर, यसले तपाईको शरिरलाई स्वस्थ राख्दैन ।

– कोल्ड ड्रिङ्क्सः सकेसम्म कोल्डड्रिङ्क्सको कम प्रयोग गर्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ । बढी कोल्डड्रिङ्क्सले तपाईको शरिरको छालालाई चाडो बुढो बनाउँछ र सानो उमेरमा नै आफ्नो जवानी गुमाउनुपर्ने हुन्छ ।

– धुम्रपानः चुरोटको धुँवा स्वास्थ्यका निकै हानिकारक हुन्छ । यदी तपाई धुम्रपान गर्नुहुन्छ या धुम्रपान गर्ने मानिसहरूसँग समय बिताउनु हुन्छ भने तपाईको शरिरलाई यसले निकै बेफाइदा गर्छ । यसले विभिन्न रोग ल्याउनुका साथै छालामा समेत असर पार्छ र निकै चाडो बुढो देखाउँछ ।

– व्यायामः दैनिक रूपमा केही समय व्यायाम गर्दा शरिरलाई निकै फाइदा गर्छ । दिनहुँ व्यायाम गर्दा शरिरमा रक्तसञ्चार बढ्छ र मानिसको शरिरमा रक्तसञ्चारको बृद्धी हुँदा यसले छालालाई समेत फाइदा पुर्याउँछ । यसरी व्यायाम गर्दा शरिरमा थकान समेत बढ्छ र मिठो निन्द्रा लाग्छ । आवश्यक मात्रामा निन्द्रा पुर्याउनुले पनि शरिरलाई जवान राख्न मद्धत गर्छ ।

– तनावः लगातार तनावमा रहँदा पनि चाडै बुढो देखीने हुन्छ । तनावले अनुहारको माशंपेशीलाई खुम्च्याउँछ, जसले कम उमेरमा पनि बुढ्यौली लागेको जस्तो देखिन्छ । यसबाट बच्नका लागि सकेसम्म धेरै पानी पिउने तथा अनुहारको व्यायाम गर्ने गर्नुपर्छ ।